

प्रधानमन्त्री प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त
काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्बो ल्होसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।
उनले शुभकामना सन्देशमार्फत ग्याल्बो ल्होसार नेपालका विभिन्न भू(भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष, ऐतिहासिक र प्रेरणादायी दिन भएको बताएका छन् ।
ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउने उनको विश्वास छ ।
शेर्पालगायत हिमाली भेगका बासिन्दाले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाइ, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ ।
नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१५ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



