

राइड सेयरिङ सेवा दिने चालकले अब सवारी साधनमा मोबाइल स्ट्यान्ड राख्न पाउने
राइड सेयरिङ सेवा दिने चालकहरूले अब आफ्नो सवारी साधनमा मोबाइल स्ट्यान्ड (होल्डर) र हेल्मेट क्यामेरा राख्न पाउन भएका छन्।
राइड सेयरिङ कम्पनी सजिलो साथी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमीर लामाले यसबारे पुष्टि गरेका हुन्।
हामीले राइड सेयरिङ सेवा दिने चालकहरूले आफ्नो साधनमा मोबाइल स्ट्यान्ड राख्न पाउनुपर्छ भनेर उच्च अदालत पाटनमा निवेदन पेश गरेका थियौं,’ उनले सेतोपाटीसँग भने, ‘गत बिहीबार अदालतले यसबारे रिट जारी गरेको छ। जसमा मोबाइल स्ट्यान्ड राख्न अनुमति दिन भनिएको छ।’
गत भदौदेखि ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड र गो-प्रो क्यामेरा राख्न निषेध गरेको थियो। त्यसरी राख्ने चालकलाई प्रहरीले कारबाही गर्ने बताउँदै सूचना जारी गरेको थियो। सूचनाको पालना नगरी स्ट्यान्ड राख्ने चालकलाई प्रहरीले पाँच सयदेखि २० हजारसम्म जरिवाना तिराउँदै आएको छ।
राइड सेयरिङ कम्पनीका चालकरराइडरले बढीजसो म्याप (बाटोको नक्सा) हेर्न मोबाइलको स्ट्यान्ड प्रयोग गर्थे। तर यसले बढी दुर्घटना निम्त्याएको भन्दै प्रहरी कार्यालयले उक्त गतिविधि गर्न निषेध गरेको थियो। त्यस्तै क्यामेरा राख्दा पनि दुर्घटना बढ्ने गरेको प्रहरी कार्यालयको भनाइ थियो। अब भने राइड सेयरिङ सेवा दिने चालकहरूले पुनः बाइक तथा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न पाउने भएका हुन्।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१५ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



