

सशस्त्र आईजीद्वारा घुमुवा परिचालनमा राेक
बांके । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन प्रमुख हुनेबित्तिकै देशव्यापी रूपमा परिपत्र पठाउंदै घुमुवा परिचालनमा राेक लगाए । सशस्त्र प्रहरीमा सई सम्मका बेश प्रमुख देखि डिआइजी सम्मले घुमुवा परिचालन गरेर तस्करी गराई रकम उठाउने गरेको व्यापक जनगुनासाे र समाचारहरू आएपछि महानिरीक्षक अर्यालले उक्त परिपत्र मात्रै पठाएनन कि लामो समयदेखि घुमुवा बसेकाहरूलाई सरूवा र काज सरूवा समेत गराए । तराईकालाई काठमाडौ ल्याउने देखि प्रदेश नै फरक पारेर सरूवा तथा काज गरे । यसप्रकरणले सशस्त्रमा धेरै उथलपुथल पनि भएको छ । आइजिपीकाे तारिफ पनि गरिएको छ । तर पनि अझै मातहतका धेरै कार्यालयहरूमा घुमुवा राख्ने , तस्करी गराउने , तस्करबाट रकम उठाउन लगाउने जस्ता कामहरू भने राेकिएका छैनन् मात्रै हाेइन झन् बढिरहेको छ । यसको उदाहरण बांकेमा देखिएको छ ।
बांकेकाे जमुनाहा स्थित भन्सारकाे बिअाेपीमा जाेशी थरका निरीक्षक थिए । उनलाई तस्करी गराएको काण्डमा सशस्त्र मुख्यालयले छानबिनमा तानेको त्यसपछि ३० नम्बर गणमा फिर्ता पठायो तर उनी काण्ड लागेपछि दरबन्दीमा जान त पाएनन् , सईनै निमित्त प्रमुख छन् नाम मात्रैकाे । तर बर्षाे देखि ३० नम्बर गणमा कार्यरत डिएसपी धन बहादुर बाेहरालाई अनुगमनकाे लागि भन्दै लुम्बिनी प्रदेश बाहिनीले खटाएको छ । तस्करी नियन्त्रण गर्न भनेर खटाएका डिएसपीले उल्टो अन्यत्र खटिएका बदनाम घुमुवालाई भन्सारमा ताान्न लगाएर फेरि तस्करी गराउने र रकम उठाउने काममा परिचालन गरेका छन् । सशस्त्रको लुम्बिनी बाहिनीले डिएसपी बाेहरालाई अनुगमन गर्नका लागि मात्रै खटाएको बताए पनि बाेहरा भने भन्सारमा आफू नै खटिएको भन्दै त्यहीँ बस्ने गरेका छन् भने अन्यत्र लखेटिएका घुमुवा हवल्दार लालबहादुर खड्कालाई ल्याएर घुमुवाकाे रूपमा परिचालन गरि पुरानै धन्दा शुरू भएको छ । ती घुमुवालाई जमुनाहा भन्सारमा ल्याउन सशस्त्र मुख्यालयमा कार्यरत डिएसपी सुदिप रेग्मीको परै सहयोग रहेको समेत खुलेको छ । डिएसपी रेग्मी र भन्सारमा खटिएका बाेहरा एउटै व्याजी रहेको र रेग्मीको सहयोगमा बाेहराले अहिले बांकेमा यसरी घुमुवा परिचालन गरेको उजागर भएको छ ।
अहिले बांकेमा सशस्त्रका धेरै युनिटहरूबाट घुमुवा परिचालन गरेर तस्करी गराई रकम उठाउने काम भैरहेको छ । यो कुरा मुख्यालय बनट अनुगमनमा जाने गरेका डिएसपी रेग्मी जस्ताले आइजिपीलाई सत्य तथ्य जानकारी गराउनु भन्दा पनि उल्टो लुकाएर प्रतिवेदन दिने गरेको याे घटनाले पुष्टि गरेको छ।
बांकेकाे कुसुम बेशमा बरिस्ठ हवल्दार यसपाल कुसारी घुमुवाकाे रूपमा परिचालित छन् ।उनी रकम उठाउने देखि जग्गा दलालीकाे काम पनि गर्ने गर्दछन भने साेही बेशका सहायक हवल्दार खड्ग वली पनि घुमुवाकाे रूपमा नै परिचालित छन् ।
यसैगरी काेहलपुर राजश्व बेशमा कार्यरत घुमुवा सिपाही अर्जुन न्याैपाने जमुनाहा भन्सार सम्म दिनहुँ तस्करहरू हिडेकाे देखिन्छ भने नरैनापुर बिअाेपीका घुमुवा हवल्दार हस्त बहादुर खत्री पनि जमुनाहा सीमावर्ती क्षेत्रमा नै देखिन्छन् । बिअाेपी गंगापुरका घुमुवा हवल्दार दिनेश तिवारी , बिअाेपी खडैचाका घुमुवा सहायक हवल्दार गाेविन्द राजकाेटी पनि जमुनाहा भन्सार देखि बजारमा नै दैनिक जसाे देखिन्छन् । त्यसैगरी बिअाेपी कालाबन्जरका घुमुवा सहायक हवल्दार लालसिंह मिजार र बिअाेपी जयसपुरका घुमुवाहरू हवल्दार टीका बराल र गणेश बुढाथोकी पनि बजार देखि जमुनाहा भन्सार र सीमावर्ती क्षेत्रमा नै देखिन्छन् । उनीहरू तस्कर देखि व्यापारीसंग नै देखिन्छन् । टाढा टाढा देखि आफ्नो क्षेत्र बाहिर जमुनाहा र नेपालगन्ज बजार सम्म उनीहरू किन देखिन्छन् भन्दा स्वतह सबैलाई थाहा भएकै कुरा हो कि रकम उठाउन ।यसको अलावा ३० नम्बर गणबाट एसपीकाे घुमुवा भन्दै सहायक हवल्दार उपेन्द्र डांगी त खुलेयाम नै परिचालित छन् नै । कालाबन्जर पठाएका हवल्दार लालबहादुर खड्कालाई त डिएसपी बाेहराले नै जमुनाहा भन्सारको घुमुवाकाे रूपमा परिचालन गरेका छन् । घुमुवा परिचालन र तस्करीकाे बारेमा बाहिनी र सशस्त्र मुख्यालयमा जानकारी पुगेको समेत थाहा भएको छ ।
अहिले जमुनाहा नाकाबाट तस्करीको लाइन पाउने व्यापारी एवं तस्करहरूमा माेनु , भाैकी , वर्कत , मन्जु , आरिफ , मन्सुर ,सफिक , सुक्खा , सद्दाम , कल्लु मिरा , कलिम , सारिफ , अनिल , आशा , अर्चना , ललिता र देवीप्रसाद लगायतका छन् ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१६ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…





