

नया घासँ पलाउने र बिषालु जीवनष्ट हुने बिस्वासमा स्थानिय लगाए डढेलो
महोत्तरी/वढेसगैँ महोत्तरीका उत्तरी क्षेत्रका जंगलहरुमा स्थानियहरुले डढेलो लगाउन थालेका छन ।
नया घासँ पलाउने र बिषालु जीव नष्ट हुने बिस्वासमा स्थानियहरुले नै डढेलो लगाउन थालेका हुन ।
जिल्लाका उत्तरी क्षेत्रमा रहेका घना जंगलहरुमा ३ दिन यता डढेलो लागेको स्थानिय प्रत्यक्षदर्शीहरुले वताए । सामुदायिक तथा सरकारी मातहतमा रहेका जंगलहरुमा खुलेआम स्थानियले डढेलो लगाएता पनि सरकारी वन रक्षकहरु भने मुकदर्शक बनेका छन ।
जंगलभित्रको पारिस्थितिक प्रणालीलाइ नै असन्तुलन हुने गरि लगाइएको डढेलो आफैमा घातक भए तापनी डिभिजन वन कार्यालय तथा सागरनाथ वन परियोजनाहरुको बेवास्ता गरेकाे स्थानिय रामचन्द् साहले जनाए ।
तर, जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष झाले भने डढेलोको बिषयमा अघिल्लो बर्षभन्दा यो बर्ष निक्कै चनाखो रहेको दावी गरे । ` यसपाली पानी नपरेको हुनाले आगलागी र डढेलोको समस्या त्यतिकै पनी बढन सक्छ,´ उनले भने, `नियतबश कसैले आगो लगाउछ भने त्यो अपराध हो, त्यसतर्फ हामी संवेदनशील छौ ।´ उन्ले यसो भने दुई दिनभित्र मात्र टुटेस्वर, गौशाला, पाटुलगायतका ठाउँहरुमा आगलागी भएको छ ।
बर्दिबासमा नै रहेको नेवार डाडा र कामी डाडामा लागेको डढेलो नियन्त्रण ४८ घण्टापछी मात्र भएको थियो । ससस्त्र प्रहरी, सामुदायिक वनका सदस्य र वनका कर्मचारीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएको अध्यक्ष सुदर्शन काफ्लेले जानकारी दिए ।
डढेलोको कारण रुख, बिरुवा नष्ट हुँदै जानुले पानीका मुहानहरु सुक्दै गएका छन भने डाले घासँमा समेत समस्या वढदै गएको छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१६ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…





