कोशी प्रदेशमा आज सार्वजनिक बिदा

बिराटनगर । दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको जानकारी दिएको छ ।बुधबार भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१६ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares