पुरानै पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण हुने

काठमाडौं/परीक्षण सकिएका करिव ३०० कि।मि। नयाँ पाइपलाइनबाट नियमितरूपमा खानेपानी वितरण गर्दै आएको छ । आयोजना कार्यान्वयन निर्देशनालय ९पीआइडी० अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका खानेपानीका नयाँ पाइपलाइनमध्ये अन्तिम परीक्षण सम्पन्न भएका क्षेत्रका करिव ३०० किलोमिटर नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको छ ।

काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकाङ्श क्षेत्रमा विच्छ्याइएका १,०१० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५६० किलोमिटर पाइपलाइनको प्रारम्भिक परीक्षण सम्पन्न भई तीमध्ये अन्तिम परीक्षण सम्पन्न भएका करिव ३०० किलोमिटर पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको हो । अन्य क्षेत्रमा भने पुरानै पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण हुने गरेको छ ।

यस आयोजनाले काठमाडौं उपत्यकाका बाँकी क्षेत्रका नयाँ पाइपलाइनको पनि प्रारम्भिक र अन्तिम परीक्षण गर्ने कार्यलाई तीब्रता दिएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै नयाँ पाइपलाइनको परीक्षण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि नयाँ पाइपलाइनबाट नियमितरूपमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको जनाएको छ ।

यस निर्देशनालय अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरणको प्रारम्भिक परीक्षण गर्दा तेस्रो पक्षबाट क्षति भएका स्थानमा बाहेक अन्य स्थानमा चुहावट भएको नदेखिएको जानकारी गराए ।

मेलम्चीको खानेपानी वितरणका लागि विगतमा बिच्छ्याइएका तर मेलम्चीको पानी आइनसकेका कारण परीक्षण गर्न नपाइएका स्थानका नयाँ पाइपलाइनमा हाल मेलम्चीको पानी पठाई परीक्षण गर्दा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण÷मर्मत र विद्युतका केवल तथा टेलिफोनको तार भूमिगत गर्ने कार्य हुँदा क्षति पुगेका कारण चुहावट भएको पाइएको हो । त्यसरी तेस्रो पक्षबाट क्षति भएका पाइपलाइनको तत्कालै मर्मत गर्ने गरिएको र तेस्रो पक्षबाट क्षतिपूर्ति वापतको रकम सोधभर्ना लिने कार्य समेत अगाडि बढाइएको जानकारी गराए ।

 

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१९ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares