मौलिकता गुमाउँदै बारपाक

बारपाक । पुनर्निर्माणपछि मौलिक पहिचान गुमाएको गोरखाको बारपाकले पर्यटक गुमाउने खतरा बढेको छ। परम्परागत सीप र विधिबाट बनाइएका एकनासे घर नै प्रमुख आकर्षक बनेको बारपाकमा २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरियो। नयाँ भवन निर्माण भएपछि मौलिक पहिचान गुमाएकाले पर्यटन क्षेत्रमा असर पर्ने देखिएको हो। ढुङ्गाका घर, ढुङ्गाकै भुइँ, ढुङ्गाकै छाना, ढुङ्गाकै पर्खालका कारण एकनासका देखिने घर यहाँको पहिचान थियो। अहिले त्यस्ता घर प्रायः लोप भइसकेका छन्। आधुनिक भौतिक संरचनाका कारण पर्यटन क्षेत्रमा असर पर्ने देखिएपछि पर्यटन व्यवसायी चिन्तित देखिएका छन्।पर्यापर्यटनविज्ञ विश्वराज सुवेदी बारपाकले मौलिक साख गुमाउन नहुने बताउँदै भने, “बारपाकको पहिचान नै मौलिक घर र सांस्कृतिक कार्यक्रम हुन्। त्यो नै बिस्तारै लोप हुन थालेपछि त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रभाव पार्छ।” बारपाकमा दैनिक सरदर ५० जना पर्यटक अहिले पनि जाने गरेका छन्। विगतभन्दा यो सङ्ख्या घटेको हो। होटल व्यवसायी सङ्घ बारपाकका सदस्य जितबहादुर घलेले पुरानै मौलिक पहिचान खोज्ने पर्यटक आउन छाडेको बताउँदै भने, “अब पहिलेजस्तो बारपाक गाउँ कहाँ रह्यो र ? सहरका सुविधा पाइने भयो। गाउँ खोजेर आउने पर्यटक बिस्तारै घट्न थाले।”भूकम्पका कारण बारपाकका मौलिक घर प्रायः सबै पाताल भए। पुनर्निर्माण गर्दा परम्परागत शैलीलाई नै अपनाउनुपर्नेमा आधुनिक शैली अपनाइयो। बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले भूकम्पका कारण धनजनका साथै मौलिक घर पनि गुमाउनुपरेको उल्लेख गर्दै पुनर्निर्माणक्रममा मौलिक परम्परालाई कायम राख्न ठोस योजना नहुँदा समस्या भएको बताए । भूकम्पमा परी बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए। एक हजार ४६० घर क्षतिग्रस्त भएको थियो। अहिलेसम्म एक हजार चार सय घर पुनर्निर्माण भइसकेका छन्। माटोको जोडाइका घर विस्थापित भई कङ्क्रिटका घर निर्माण गरिएका छन्। बारपाकभरिमा अहिले जम्माजम्मी चार घर मात्र मौलिक छन्। स्थानीय साँहिला गुरुङले घर निर्माण गर्दा सरकारले तीन लाख रुपियाँ राहत दिएको सुनाउँदै भूकम्प प्रतिरोधी हुने भनेर कङ्क्रिटको घर बनाएको बताए । कङ्क्रिटकै घर बनाउनुभएका अर्का स्थानीय नन्दु गुरुङले भने, “भूकम्प जाँदा यहाँ दुईरचारवटा मात्र कङ्क्रिटका घर थिए। भूकम्प प्रतिरोधी हुन्छन् भनिएकाले कङ्क्रिटकै घर निर्माण ग-यौँ।”  यो समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१९ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares