

रमिते बन्दै सरकार : परिवार पाल्न फागुनमहिनामा मात्र विदेशिए ६१ हजार युवा
फागुन महिनामा वैदेशिक रोजगारका लागि ६१ हजार आठ सय ४५ जनाले श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।
नयाँ श्रम स्वीकृति लिएर मात्रै यो महिना ३६ हजार नौ सय ९४ जना विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति सबैभन्दा धेरै १९ हजार आठ सय २४ जनाले मलेसियाका लागि लिएका छन्। कतारका लागि ११ हजार तीन सय तीन जनाले श्रम स्वीकृति लिएका छन्।
त्यस्तै युएईका लागि नौ हजार सात सय ९५, साउदीका लागि नौ हजार पाँच सय तीन जनाले श्रम स्वीकृति लिएका छन्।
कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय र २७ रोमानियाँ एक हजार ७० जनाले श्रम स्वीकृति लिएका छन्।
फागुनमा फ्रान्स, जापान, फिनल्याण्ड, बहराइन, इजरायल, लगायत ९० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्।
गत माघमा ६४ हजार दुई सय ८४ जनाले श्रम स्वीकृति लिएका थिए। माघमा पनि युवाहरूको रोजाइमा मलेसिया परेको थियो। मलेसियाका लागि १६ हजार ६६३ जनाले श्रम स्वीकृति लिएका थिए।
वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान सरकारले हटाएको छ।अब वैदेशिक रोजगारको करार अवधि सम्बन्धित गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति तथा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौताका आधारमा तय हुने भएको हो।
यसअघि सरकारले जिटुजी प्रक्रिया मार्फत् गएका बाहेकलाई दुई वर्षको मात्रै श्रम स्वीकृति दिँदै आएको थियो। त्यो अवधिभन्दा बढी गन्तव्य मुलुकमा रहे नेपाल सरकारले ती श्रमिकलाई अवैध मान्ने गरेको थियो।
जसले गर्दा विभिन्न सेवासुविधाबाट समेत ठूलो संख्यामा श्रमिकहरू बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको थियो। यहि अवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्ती स्तरीय निर्णयबाट सम्झौता पत्रमा तोकिएको अवधिकै श्रम स्वीकृति दिने भएको हो।
गन्तव्य मुलुक स्थित नेपाली नियोगहरूबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था समेत गरिएको छ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२० घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



