उपराष्ट्रपति निवासको सुखसयल चम्पालाई फिक्का

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार पद तथा गोपनियताको शपथ लिन राष्ट्रपति भवन शीतल निवास पुग्दा श्रीमती चम्पादेवीसँगै थिइन् । तामझामका साथ सुरक्षा घेराभित्र बसेर शीतल निवास छिरेकी चम्पाको ध्यान भने आज घर (कलैया) फर्किन नपाइने हो कि भन्ने चिन्ता थियो ।शनिबार काठमाडौं आइपुगेकी चम्पा देवी उपराष्ट्रपति यादवसँग घरीघरी छिट्टै कलैया फर्किने माग गर्दै थिइन् । शपथ ग्रहण कार्यक्रम सकेपछि नाइट बस चढेरै सिधै कलैया जाने योजना थियो ।छोरा शत्रुधन यादवले सम्झाए । मंगलबार टुडिखेलमा हुने घोडेजात्रा हेरेर मात्रै कलैया फर्किने भनेपछि उनी थप एकदिन काठमाडौंमै बस्न राजी भइन् ।

शपथ ग्रहण कार्यक्रममा पनि चम्पादेवी घरमा पालेको गाई, खेतबारी, घरवारको चिन्ता गर्दै थिइन् । ‘घरे लगेके एक आदमीले गाईके खिआ देवेला आ गोठमे बाध देवेके कहके आईल बानी । हमरा काठमाण्डुमे अईला तीन दिन होगैल, गाई खईलख की ना खईलख, कैईसन बा ईहा खाली रहलासे नाहोई ।’

उनले भोजपुरी भाषामा कुरा गर्दै भनिन् ‘ओहीसे जायला खहतानी’ चम्पाले राजधानीसँग भनिन्, ‘काठमाण्डुमे हम्मर कौनो कामे नईखे । घरे जायम त गाईके रेखदेख करेम, खेतवारी देखेम ।’

उनको भनाइ थियो, छिमेकीलाई गाईको रेखदेख गर्ने जिम्मा दिएर म काठमाडौं आएको तीन दिन भयो । काठमाडौंमा मेरो काम छैन । अब घरै जान्छु ।

उच्च तहको पदमा आफ्नो श्रीमान पुगेकोमा उनले खुसी व्यक्त गरिन् । आफूलाई पनि धेरै मान्छेले नमस्ते गर्दा आश्चर्य लागेको बताइन् ।

श्रीमानसँगै काठमाडौंमै बसेर सरकारी निवासको सुविधा उवभोग गर्नेतर्फ उनको कुनै मोह छैन । उपराष्ट्रपति निवासको त्यो भव्य र सुखसयल उनलाई फिक्का लाग्यो । उनले भव्य सरकारी निवासभन्दा आफ्नै सानो घर प्यारो हुने बताइन् । यो समाचार राजधानी दैनिकमा छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२० घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares