आज पनि चट्याङ्गसहित वर्षा हुने ,सचेत रहन आग्रह

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ।आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही दिन देशको मौसम प्रतिकुल रहने महाशाखाले जनाएको छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२० घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares