चितवनमा सवारीदुर्घटना बढ्दै , आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन् । जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा परी चार सय एक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै भित्री सडकमा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।तथ्याङ्कअनुसार भित्री सडकमा एक सय छ वटा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गमा ४८, नारायणगढ–मुग्लिन सडकखण्डमा ३७, पृथ्वी राजमार्गमा १४ र शहरी सडकखण्डमा नौ दुर्घटना भएको कार्यालयले जनाएको छ ।कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष रहेका छन् । चालीस पुरुषको मृत्यु भएको उनले जानकारी दिए । त्यस्तै पाँच महिला, दुई बालक र दुई बालिकाको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

घाइतेमध्ये एक सय २४ गम्भीर र दुई सय ७७ सामान्य रहेका छन् । दुर्घटनामा तीन सय २४ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । दुर्घटनामा सबैभन्दा बढी एक सय ६५ मोटरसाइकल परेका छन् । जिपकार ५०, ट्रक ट्याङ्कर ४१, बस १९, शारीरिक शक्तिबाट चल्ने सवारी साधन १५, टेम्पो ११, माइक्रो बस आठ, टिपर पाँच, ट्याङ्कर छ र अन्य चार वटा रहेका छन् । तामाङले सवारी दुर्घटना घटाउनका लागि मानवीय त्रुटि न्यूनीकरण गर्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताए ।

मानवीय त्रुटिसँगै मेकानिकल समस्या समाधानका लागि यातायात व्यवसायीसँग छलफल गरिँदै आएको उनको भनाइ छ । सडकका कारण पनि सवारी दुर्घटना हुने गरेको छ ।रासस

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१७ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares