

चैते झरीले धनगढी डुबानमा
धनगढी । सोमबारदेखि अविरल परेको चैते झरीले सुदूरपश्चिम प्रदेश राजधानी धनगढी डुबानमा परेको छ ।स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले परेको झरीले धनगढी डुबानमा परेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पसलहरु डुबानमा परेका हुन् ।
स्थानीय शान्ति ज्ञवालीले पसलभित्र डुबान भएपछि समस्या भएको र बिहान पसल खोल्दा पुरै जलमग्न भएको बताइन् ।
पानी निकासका लागी नाली व्यवस्थापन नभएकोले डुबान भएको उनको भनाइ छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले भौतिक संरचना विस्तारका कारण ढल तथा नाली निकासको व्यवस्थापनमा ढिलाइ भएको बताए ।
उनले निर्माणाधीन चटकपुर–मोहना सडक खण्डको यथाशीघ्र निर्माणका लागि वडा कार्यालयबाट पटक पटक समन्वय तथा सम्पर्क गर्दा निर्माण कम्पनीले अटेरी गरेको बताए ।
सो सडक खण्ड अधुरो राखी सामान्य वर्षाका कारण स्थानीयको आवागमनमा समस्या भएको बताए । कैलालीसहित सुदूरपश्चिममा वर्षा जारी रहेको छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२० घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



