

लाइसेन्स नवीकरण गर्न पाँच घण्टा कुर्नुपर्ने, पाउन एक वर्ष
काठमाडौं/सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ नवीकरण गर्न कति समय लाग्ला रु २० मिनेट, आधा घण्टा वा एक घण्टा । यस्तै सोचिरहनु भएको छ भने तपाई गलत हुनुहुन्छ । एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा कुर्नुपर्ने बाध्यता छ । भने नविकरण गरेको लाइसेन्स पाउने एक वर्ष कुर्न पर्छ ।
रामेछापका श्रीकृष्ण सुवेदी काठमाडौंमा सानोतिनो व्यवसाय गरेर बस्छन् । उनले लाइसेन्स नवीकरण गर्न जाँदा पाँच घण्टा लाइन बस्नुपर्यो । त्यति गरेर पनि उनले स्मार्ट लाइसेन्स पाउन अझै कति वर्ष कुर्नुपर्ने हो रु त्यसको ठेगान छैन् । सुवेदी कार्यालय समय खुल्नेबित्तिकै एकान्तकुनास्थित यातायात कार्यालय पुगेका थिए । उनले टोकन पाउनै झन्डै ११ बजाउनुपर्यो ।
लामो लाइन छिचोलेर टोकन पाएपछि बायोमेट्रिकदेखि स्वास्थ्य जाँचका लागि १ सय ४ नम्बर कोठामा पनि उनले एक घण्टालाइनमा बस्नुपर्यो । लाइन कुरेर बसेका उनी आँखाको स्वास्थ्य जाँच गराउँदा कर्मचारीको रूखो बोली र व्यवहार खेप्नुपरेको सुनाउँछन् । आजको राजधानी दैनिकबाट
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२० घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



