

दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि चार बालबालिकाको बिचल्ली
मुगु ९ चैत । निन्याउरो मलिन अनुहार, रुखको हाँगामा फैलिएका पात जस्तै कपाल । न घर, न बार । पानी चुहिने छानो भएको घरमा न खाना छ, न नाना नै । न ओत लाग्ने ठाउँ, न ओढ्ने–ओछ्याउने कपडा नै । यो दृश्य हो, मुगुको छायाँनाथ रारा नगरपालिका– १३ रुघा गाउँको । दुवै मिर्गौला फेल भएर लक्ष्मी रावतको मृत्यु भएपछि उनको परिवार बिचल्ली मा परेको छ । सात महिनाकै बालकले आमा गुमाएको मात्र छैन, जना बालबालिका पनि बिचल्लीमा परेका छन् ।
गत माघको अन्तिम तिर आमा लक्ष्मी रावतको दुवै मिर्गौला फेल भएर मृत्यु भएपछि उनका दुई छोरा र दुई छोरी बिचल्लीमा परेका हुन् । आमाको मृत्युपछि दुधे बालकको अवस्थाले जोकोहीको मन भक्कानिएर आउँछ ।
आमा लक्ष्मी रावतको मृत्यु भएपछि ७ महिने दुधे बालकसहित अन्य तीनजना बालबालिका सहाराको पर्खाइमा छन् । लक्ष्मीकी आमा बाँचकला बोहोराको घरमा बालबालिकाले आश्रय लिँदै आएका महिला स्वास्थ्य स्वयंसेविका हरिकन्या नेपालीले जानकारी दिइन् । उनका अनुसार सात महिना र ८ वर्षका छोरा र ६ र ४ वर्षकी छोरी छन् ।
खेतपातीले ६ महिनासमेत खान नपुग्ने भएपछि लक्ष्मीका पति २७ वर्षीय सुरत रावत मजदुरी गर्छन् । ती बालबालिकाको सहारा भनेका बुबा सुरत र नाताले हजुर आमा पर्ने बाँचकला हुन् । तर, सुरत मजदुरी गर्न जाने भएकाले सबै जिम्मेवारी बाँचकलाकै काँधमा आइपरेको छ ।
‘अब त यी टुहुराहरुको पालनपोषण कसले गर्देला ? हामी बुढा बुढी डाँडामाथिका घाम भइसक्यौँ,’ ६० वर्षीया बाँचकलाले भनिन् । लक्ष्मीको मृत्युपछि सात महिने बालक बिरामी परेकाले घरमै थला परेको उनले बताइन् ।
आर्थिक अवस्था कमजोर भएकाले बालबालिकाको पालनपोषण गर्न छिमेकहरुले संकलन गरेर दिएको ३५ हजार रुपैयाँले खर्च गरेको बाँचकलाले बताइन् । तर, उक्त रकम पनि सकिएकाले अब कसरी बालबालिकाको पालनपोषण र शिक्षादीक्षा दिने भन्नेमा बाँचकला र उनका ज्वाइँ तथा लक्ष्मीका पति सुरत चिन्तित् छन् ।
घरमा खान अन्नमात्रको अभाव होइन, बासका लागि सुरक्षित छानासहितको घरसमेत नरहेकाले बालबालिकाको स्वास्थ्यमा समेत असर गर्न थालेको स्थानीय बताउँछन् । राज्यले शिक्षा, स्वास्थ्य, गाँसबास नभएकालाई हेरविचार गर्नुपर्नेमा वडा र नगरपालिकाले अहिलेसम्म चासो नदिएको हजुुरआमा बाँचकलाको गुनासो छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२० घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



