

संरक्षण नभएको अनौठो ओडार
धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुगे। उनलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उनको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर। हालसम्म कुनै लिखित इतिहास फेला नपरेको र किंवदन्तीमै सीमित रहेको उक्त जङ्गलभित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले, कहिले र किन बनाएथ्यो भन्ने कौतूहल उनको मनमा वर्षौंदेखि रहिरहेकै छ। वरिपरि जङ्गल छ, त्यसको बीचमा पहरोमा एक ओडार छ। जमिनदेखि करिब सात मिटरमाथि दुई ढुङ्गाको बीचमा थप सानासाना ढुङ्गा र माटोको सहायताले पाँचरछ व्यक्ति अटाउने गरी बनाइएको ओडार छ।
त्यहाँसम्म पुग्न सखुवाको खाँबो लाथ्रो खुर्किएर सिँढी बनाइएको छ। यस्तो ठाउँमा यो बासस्थान कसले, कहिले र किन बनाएथ्यो भन्ने कुराले उनलाई अचम्ममा पारिरहेको छ।
उनी भन्छन्, “म पहिलो पटक यहाँ आउँदा करिब ११ वर्षको थिएँ। घरनजिकै भएकाले धेरै पटक यहाँ आइयो तर यो कसले र किन बनाएको हो भन्ने किंवदन्तीबाहेक कुनै ठोस प्रमाण पाउन सकिएको छैन। अहिलेसम्म रहस्यमै रहेको छ,” बस्नेत भन्छन्, “मैले यस्तै देखेँ, मेरो बुवाले भनेअनुसार बुवाले पनि यस्तै देख्नुभएको थियो अरे र हजुरबाले पनि यस्तै देख्नुभएको थियो भन्ने बुवाले बताउनुभएको हो।”
उनी जोड्छन्, “विक्रम संवत्को १७०० को अन्त्य र १८०० को सुरुवाततिर हाम्रा पितापुर्खा यो ठाउँमा आउनुभएको रे। त्यही बेलादेखि सो स्थानलाई पञ्चकन्या मानी पूजा गरिँदै आएको छ। त्यही बेलादेखि नै त्यो स्थान त्यस्तै रहेको भनाइ छ।”
सो अनौठो ओडारभित्र अहिले पनि विभिन्न आकारका मानव अस्थिपञ्जर रहेका छन्। केही समयअघिसम्म विभिन्न गरगहना, जीमाला, सिमालालगायतका वस्तु पनि अस्थिपञ्जरसँगै रहेको स्थानीयको भनाइ छ तर माओवादी द्वन्द्वताका ती गहना हराएको दाबी स्थानीयको छ।
त्यहाँ भएको लामो कपाल र टाउकोको खबटोसमेत हराएको स्थानीयको दाबी छ। माटोले लगाएको गारोको माटो पनि सुकेर पथ्थरझैँ भइसकेको छ। सिँढी पनि धेरै पुरानो देखिन्छ। केही वर्ष अघिसम्म सही सलामत रहेको उक्त घरको केही भाग अहिले चर्किएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२२ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



