रानीमहलमा सेल्फी खिच्दै ओलीले भने ‘कच्चा प्रेम नगर्नू’

प्रेम गर्ने मान्छेहरूका लागि त रानीमहल तीर्थस्थल नै रहेछ ।’ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रानीमहल प्रांगणमा भने । श्रीमती राधिका शाक्यसहित बुधबार बिहान ९ बजे पाल्पाको रानीमहल दरबार पुगेका ओलीले आफूलाई निकै आनन्द महसुस भएको सुनाए ।यसअघि हेलिकोप्टरबाट हेरेको जानकारी दिँदै रानी महलमा प्रवेश गरेपछि पीर चिन्ता सब हराएको उनको भनाइ थियो । ‘रानीमहल आएपछि सबै किसिमको पीर चिन्ता हराउने रहेछ,’ ओलीले भने, ‘बाचुञ्जले मात्र होइन प्रेम मरेपछि पनि कायम राख्नुपर्ने रहेछ भन्ने सन्देश रानीमहल दरबारले दिएको छ ।’पत्नी राधिका शाक्यसँग सेल्फी खिच्दै अध्यक्ष ओलीले प्रेमको सन्दर्भमा कुरा गरे । उनले युवायुवतीलाई कच्चा प्रेम नगर्न सुझावसमेत दिए । ‘सानोतिनो मनमुटावले सम्बन्ध तोड्नु राम्रो होइन,’ ओलीको सुझाव थियो । ओलीको सुझावमा साथ दिँदै पत्नी राधिका शाक्यले प्रेम सम्बन्ध राणा खड्गशमशेर र रानी तेजकुमारीको जस्तै बलियो हुनुपर्ने टिप्पणी गरिन् ।केहीबेर दरबार क्षेत्र घुमेपछि अध्यक्ष ओलीले १ सय २५ वर्षअघि बनेको पुरातात्विक महत्वको दरबार हेर्नलायक भएको टिप्पणी गरे । पछिल्लो समय यस क्षेत्रमा विकास हुनुको जस पनि उनले रानीमहललाई नै दिए । ‘रानीमहलकै कारण यस क्षेत्रको विकास निर्माण सुरु भएको छ, सडक कालोपत्रे भएको छ,’ ओलीले भने, ‘हामीहरूलाई तानेर यसैले यहाँसम्म ल्यायो ।’

चारैतिर जंगल भएको क्षेत्रमा प्रेमको सम्झनामा बनाइएको रानीमहल देश विदेशमा बस्नेहरूलाई एकपटक हेर्न ओलीले सुझावसमेत दिए । विदेशीहरूलाई प्रेम के हो भन्ने ’दयगत बुझ्न र इतिहास’दयगत जानकारी लिन पनि रानीमहल पुग्नैपर्ने ओलीको सुझाव थियो । यहाँका प्राकृतिक सम्पदाको प्रशंसा गरेका ओलीले भने, ‘तनावमुक्त हुन पनि रानीमहल पुग्नैपर्छ ।’

कालीगण्डकीको भेलले रानीमहल दरबारको जग कटान गरेको सुनेको भन्दै उनले जग कटान रोक्न, तटबन्ध गर्न आवश्यक परेकाले रकम विनियोजन गरी इतिहास, प्रेमको तीर्थस्थल बचाउन सरकारलाई अनुरोध गरे ।

ओली दम्पती टिकट काटेर दरबार छिरेका थिए । ओलीसहितको टोलीलाई एमाले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र एमाले नागरिक उड्डयन तथा पर्यटन विभाग पाल्पाले सम्मान गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२२ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares