

मिटरब्याजी पीडकहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्छ: राष्ट्रिय सभा सदस्य शर्मा
काठमाडौँ । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याजी पीडितहरू आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताए । उनले पीडकहरूलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गरे । शर्माले नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनमा ध्यान दिन सरकारलाई अनुरोध पनि गर्नुभयो । त्यस्तै उनले द्वन्द्वकालीन घटनाहरूको सम्बन्धमा सङ्क्रमणकालीन न्यायको विधिबाट कानुन बनाएर मात्रै समस्या समाधान गर्नुपर्ने बताए । उनले राजनीतिक दलहरू सरकारमा जाँदा तत्कालीन माओवादीले गरेको आन्दोलनलाई क्रान्तिकारी देख्ने र सरकारमा नहुँदा आतङ्ककारी देख्ने प्रवृत्तिका कारण सङ्क्रमणकालीन न्यायको विषय बल्झिराखेको बताए ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२२ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



