सरकार र मिटरब्याज पीडितको वार्ता ६ बजे बस्ने गरि सकियो

काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीचको वार्ता सकिएको छ । गृहमन्त्रालयमा भएको छलफलमा पीडितका तर्फबाट लिखित माग राखिएको बुझिएको छ । सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले पीडितहरुले आफ्ना माग राखेको र पुनः ६ बजे बस्नेगरी दिउँसोको छलफल सकिएको जानकारी दिइन् । दिउँसोको छलफलमा आ–आफ्ना धारणा राख्ने काम भएको नेपाल समाजवादीका नेता रामरिजन यादवले जानकारी दिए ।  मिटरब्याज पीडितहरु १० दिन पैदल हिँडेर यही साता काठमाडौ आएका थिए । सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर व्याजीलाई कारवाही र पीडितलाई क्षतिपुर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२२ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares