

रामनवमीको अवसरमा राजविराज बृहत् झाकी प्रदर्शन
सप्तरी/रामनवमी पर्वको अवसरमा(बिहीबार) राजविराजमा बृहत् झाँकी प्रदर्शन गरेर धुमधामले रामनवमी मनाइएको छ ।
चैत्र शुक्ल नवमी रामनवमीका अवसरमा बिहानैदेखि राजविराजस्थित राममन्दिर बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको थियो । स्थानीय बासिन्दा तथा युवाको अगुवाइमा हजारौंको संख्यामा झाँकी, कलश यात्रा जिल्लाको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।
राम मन्दिरबाट निकालिएको झाँकी नगरेको गजेन्द्र चोक, दर्शन चोक, कुनोली रोड हुँदै तेतरी गाछी, हनुमानमन्दिर, राजदेवी मन्दिर हुँदै नगरको विभिन्न ठाउँमा परिक्रममा गरेको थियो ।
नरसिंह हिन्दु सेना नेपाल, राममन्दिर व्यवस्थापन समितिलगायत विभिन्न संघ-संस्थाको अगुवाइमा निकालिएको झाँकीमा स्थानीय भक्तजन, महिला, युवा, विद्यार्थीसहित स्थानीयको हभागिता थियो ।
त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादापुरुष भगवान् रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन देशभर रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, आध्यात्म वाल्मीकि र तुलसीकृत-रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा छ ।
अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान् विष्णुको सातौं अवतारका रुपमा जन्मेको बताइन्छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए ।
आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
पर्व चैती नवरात्रको बीचमै परेकाले आजको दिन भगवान् रामको साथै आदि शक्ति नवदुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेस प्रदेश सरकार (बिहीबार) सार्वजनिक बिदा दिएको थियो ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२२ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



