द्धन्द्धका घाउहरु : चर्चित गिती नाटक

काठमाडाैँ/नेपालमा वि.सं.२०५२ देखि शुरु भएको जनयुद्धले धेरै नेपाली नागरिकको अकालमा ज्यान लिएको थियो । धेरै छोराछोरीले सहादत प्राप्त गरे जसको कारण एउटा आमुल परिवर्तनको युग शुरु भएको थियो जसलाई आज हामी लोकतान्त्रिक गणतन्त्रको यूग भनेर चिन्दछौँ । त्यस युद्धमा धेरै नेपाली आमाका सपुतहरुले आफ्नो ज्यान अकालमा गुमाउनु परेको थियो । आखिर उपलब्धि के भयो त ? सिर्फ नेता र कार्यकर्ताले एस आराम र महल मात्र बनाए । देशका निम्ति सहादत प्राप्त गरेका ती शहीदहरुको सपना र संघर्षलाई तीनीहरुले चकनाचुर बनाए । गरीब जनतालाई झनै गरीब बनाए सत्ता लिप्साहरुले । हो, यीनै विषयबस्तुलाई समेटिएर बनाइएको नाटक हो द्धन्द्धका घाउहरु…

भीर पाखा पोखरीमा रगतका छाप छन्,

कल्ले मार्यो मैनाचरी सबै चुपचाप छन् 

किन सेता पहिरन गरेको

साँच्चै हो कि मै भुलमा परेको

देश विदेशमा चर्चा बटुलेको तथा राष्ट्रिय तजा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको नाटक हो द्धन्द्धका घाउहरु । यस नाटकमा विशेष भूमिका जनगायिका बिन्दा आचार्यको रहेको छ । यस नाटकमा विशेष भूमिका जनगायिका बिन्दा आचार्यको रहेको छ । जनचेतना जगाउँदै गाउँबस्तीमा यस नाटकले खुबै चर्चा बटुलेको थियो । वि.सं. २०४२ बैशाख २९ मा सिन्धुपाल्चोक सिखरपुरमा पिता डिली प्रसाद आचार्य र माता मिठ्ठु कुमारी आचार्यकाृ कोखबाट जन्मनु भएकी बिन्दा आचार्य विगत दुई दशक लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुन्छ ।

गिती नाटक द्धन्द्धका घाउहरु जनवादी गित गाएर जनतामाझ छुट्टै पहिचान वहाँले बनाइसक्नुभएको छ । यस गिती नाटकले नेपाल र नेपाली नागरिकलाई यथार्थ घटनाको चरितार्थ गराउँदछ । यस नाटकले देश र जनताको भावनलाई जितेर देश विदेशमा समेत पहिचान बनाउन सफल भइसकेकोे छ । २५ लाख नागरिकले प्रत्यक्ष अवलोकन गरिसकेका यस  नाटकमा  हिरालाल भुजेलको लेखन र निर्देशन रहेको छ । 

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२२ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares