

पोखरामा चार साहित्यकार सम्मानित
कास्की । पोखरामा आज चार साहित्यिक श्रष्ठा सम्मानित भएका छन् । साहित्यिक संस्था सङ्घर्षमा कलम पोखराले साहित्य क्षेत्रमा लागेर समाजमा पु¥याएको योगदानको आधारमा चार श्रष्ठालाई नगदसहित सम्मान गरेको हो । साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले चारै श्रष्ठालाई नगदसहित सम्मान गरेका हुन् ।बाबा साहित्य साधक पुरस्कार विसं २०७८ द्वारा तनहुँका साहित्यकार तथा कवि आनन्दसुन्दर श्रेष्ठ र बाबा साहित्य साधक पुरस्कार २०७९ द्वारा लिली अधिकारी सम्मानित भए । ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७८ द्वारा म्याग्दीका लोकनाथ भुसाल र ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७९ द्वारा कास्कीका साहित्यकार सावित्री गिरीलाई नगदसहित सम्मान गरिएको छ । प्रमुख अतिथि साहित्यकार हरिदेवी कोइरालाले मानिसको जीवन सङ्घर्षपूर्ण भएकाले साहित्य क्षेत्रमा कलम चलाउँदै आएका श्रष्ठाले आफ्नो कलम बन्द गर्न नुहने बताइन् । साहित्य क्षेत्रमा लागेका व्यक्तिहरु अझै पनि यो क्षेत्रबाट बाच्न सक्ने अवस्था नरहेकाले सरकारले साहित्य क्षेत्रमा लाग्ने व्यक्तिको हितमा कार्यक्रम ल्याउन जोड कोइरालाले दिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले राज्यको तर्फबाट साहित्य क्षेत्रलाई बेवास्ता गरिएको बताउँदै कैयौँ साहित्यिक श्रष्ठा बिरामी पर्दा उपचार नपाएर भौतारिनुपरेको गुनासो गरे । मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले सफल साहित्यकार बन्नका लागि अध्ययन, लगनशीलता र अनुकूल वातावरण आवश्यक पर्ने बताए ।सम्मानित व्यक्तित्व आनन्द सुन्दर श्रेष्ठले साहित्यिक क्षेत्रबाट समाजलाई परिवर्तन गर्न निकै कठिन भएको बताउँदै सरकारी क्षेत्रबाट साहित्यिक क्षेत्रका लाग्ने व्यक्तिका लागि सहयोग आवश्यक पर्ने बताए ।रासस
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१५ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



