

खानेपानी समस्याले बसाइँ सर्दै
काठमाडौं/धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उहाँले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ । पाँच पटक ओसार्नु भएपछि मात्र दुई सय लिटर पानीको जोहो हुन सक्छ । यसर्थ दैनिक पाँच घण्टा पानी ओसार्दा नै बित्छ । उनले दुःख व्यक्त गने, “हिउँद लागेपछि खानेपानीको मुहान सुक्छ । हरेक दिन पाँच घण्टा पानी ओसार्न सकिएन भने घरधन्धा कठिन हुन्छ ।”
शहीदभूमि गाउँपालिकाको पातालडाँडाका १५० परिवारले भोग्दै आएको समान समस्या हो । त्यसो त पानी व्यवस्थापनका लागि पातालडाँडामा दुईवटा ट्याङ्की निर्माण गरिएको छ । करिब २० हजार लिटर पिउने पानीका लागि र अन्य प्रयोजनका लागि २० लाख लिटर पानी सङ्कलन गर्ने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७० सालमा ट्याङ्की निर्माण गरेको थियो तर दुवै ट्याङ्की यतिबेला सुक्खा छन् । स्थानीय हरि विष्टले दुई महिनादेखि मूल सुकेसँगै गाउँमा खानेपानीको हाहाकार भएको बताए ।
धनकुटाको चौबिसे, शहीदभूमि, साँगुरीगढी, छथर जोरपाटीलगायतका पालिकामा खानेपानीको निकै समस्या छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कअनुसार धनकुटामा ११ प्रतिशत नागरिक खानेपानीको पहुँचबाहिर छन् । जिल्लामा पहिलेको तुलनामा ६० देखि ७० प्रतिशतसम्म खानेपानीका मूल सुकेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख राजकुमार मण्डलले जलवायु परिवर्तनसँगै वन फँडानी, अव्यवस्थित खनिएको बाटो, जथाभावी एक्साभेटर प्रयोग, भूकम्प, पोखरी मासिनु, बढ्दो कङ्क्रिट संरचना निर्माण हुनुलगायतका कारण खानेपानीको मूल मासिएको बताए ।
धनकुटा नगरपालिकामा प्रतिसेकेन्ड २४ लिटर पानी आवश्यक रहेकोमा प्रतिसेकेन्ड १२ लिटर मात्र पानी उपलब्ध हुँदै आएको छ । नगरप्रमुख चिन्तन तामाङले खानेपानीको दिगो व्यवस्थापनका लागि थप आयोजना सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले ग्रामीण क्षेत्रमा हिउँदमा पानीको समस्या निकै रहने गरेको गुनासो गरे ।
शहीदभूमि गाउँपालिकाका प्रमुख मनोज राईले अधिकांश स्थानमा खानेपानी समस्या रहेको बताउँदै खानेपानी व्यवस्थापनका लागि पानीको मूल नभेटिँदा मुख्य समस्या रहेको बताए । महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुव रायले पनि मूल नहुँदा समस्या रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२२ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…





