चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार चार डीआइजीलाई एकआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरेको ती मन्त्रीले जानकारी दिए । चैत १३ गते चारै जना डीआइजीलाई एआईजीमा बढ्वा गर्न समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२२ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares