

कान्तिपुरले ल्यायो लम्पी स्किन रोगको भ्याक्सिन
काठमाडौं, ५ असार । यतिबेला पशुचाैपायामा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । जसका कारण देशभरि करिब तीन लाख पशुवस्तु संक्रमित भइसकेका छन । सन २०२० मा नेपालमा पहिलो पटक ‘लम्पी स्किन’ रोग देखा परेको थियो । मुख्य गरेर गाईरभैंसीमा देखिने लम्पी स्किन रोगका कारण किसान चिन्तित देखिएका हुन् ।
घरपालुवा पशुवस्तुमा यो रोग देखापरेपछि किसानहरू चिन्तित् बनेका छन् । कैयौँ चौपायाको यसै रोगका कारण मृत्यु समेत भइसकेको छ । पछिल्लो समयमा नेपालका विभिन्न ठाँउमा लम्पी स्किन रोगले गाईगोरु मर्न थालेपछि पशुपालनमा संलग्न किसानहरू चिन्तित बनिरहेको बेलामा कान्तिपुर भेट डिस्टुबेटर प्रा लिले यसको भ्याक्सिन बजारमा उपलब्द गराएको छ ।
देशका विभिन्न स्थानमा लम्पी स्किन रोग अनियन्त्रित रुपमा फैलिएको छ भने अधिकांश गाईगोरुमा लिम्पी स्किन देखिएको छ । रोगका कारण पशु चौपायाको ठूलो क्षति हुन थालेको तथ्यांक आउन थालेपछि पशु चौपायामा देखिएको लम्पी स्किन रोगको रोकथामको लागि कान्तिपुरले ल्यायो लम्पी स्किन रोगको भ्याक्सिन बितरण सुरु गरेको कान्तिपुर भेटका संचालक हेमराज बडालले जानकारी दिए ।
सरकारले नै उक्त रोगबारे महामारी घोषणा गर्नेबारे पनि छलफल गरिरहेको बेलामा भ्याक्सिन अफुहरुले भ्याक्सिन उपलब्द गराएका कारण किसानलाई राहत पुगेको संचालक बडालले बताए । नेपालमा करिब पाँच वर्ष अघि झापा जिल्लामा संक्रमण देखिएको थियो । सुदूरपश्चिममा यसपटक बैतडीबाट रोगको संक्रमण शुरू भएको हो ।

समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



