कालीकोटमा ‘लम्पी स्किन’को सङ्क्रमण

कालीकोट । कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो ।  लम्पी स्किन रोगको सङ्क्रमणबाट कालीकोटमा अहिलेसम्म तीन सय १४ पशुचौपायाको मृत्यु भएको जिल्लास्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारीले बताए । उनका अनुसार रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको छ । “केही किसानले निजीस्तरबाट भ्याक्सिन लगाउनु भए पनि जिल्लामा हामीले किनेर ल्याएको भ्याक्सिन दिइरहेको छौँ”, प्रमुख जिल्ला अधिकारीले भने । उनका अनुसार रोगको सङ्क्रमण जिल्लाभर भयावह रुपमा फैलिए पनि भ्याक्सिनको कमी भएकाले सबै किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । भ्याक्सिनको अभावका कारण रोग नियन्त्रण गर्न गाह्रो भइसकेको उनको भनाइ छ ।लम्पी स्किन’को सङ्क्रमण रोक्नका लागि जनचेतना फैलाउने तथा घाउ, खटिरा आएका पशुलाई ड्रेसिङ गर्ने काम भइरहेको प्रमुख अधिकारीले बताए । “भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार हुन सकेको छैन”, उनले भने, “सबैभन्दा बढी रोगको सङ्क्रमण शान्नि त्रिवेणी गाउँपालिकामा देखिएको छ ।”पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको प्रमुख अधिकारीले जानकारी दिए । “यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ”, उनले भने, “सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण गर्न सकिन्छ ।”रासस

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
Shares