यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको बजार भाउ

काठमाडौ, १९ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मङ्गलबार नेपाली गोलभेडा प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसामा काराेबार हुनेछ भने रातो आलु र स्थानीय काउली ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको भारतीय प्याज ५१ रुपैयाँ २० पैसा, लोकल गाजर ११० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ रहेको छ ।

यस्तै,स्थानीय ज्यापु काउली ५६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी र भटमासकोशा ९५ रुपैयाँ, लोकल घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी ७६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ८६ रुपैयाँ, परवर र न्यूरो  ८५ रुपैयाँ, घिरौला ८६ रुपैयाँ, ब्रोकाउली र झिगूनी ६५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, रायोको साग र पालूगो साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ ताेकिएकाे छ ।

यसैगरी, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्दुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १७० रुपैयाँ, लोकल काक्रो १२० रुपैयाँ, किवि ८७५ रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३ सय रुपैयाँ, लिच्ची १२५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ र भेडे खुर्सानी ८६ रुपैयाँ तोकिएको छ ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
Shares