नेपालमा गोलभेँडा उत्पादन ह्वात्तै बढ्यो , भारत र पाकिस्तानमा भने मुल्य उच्च

छिमेकीमुलुक भारत र पाकिस्तानमा गोलभेँडा महँगिएको छ। भारतका विभिन्न शहरमा मानिसहरूले एक किलो गोलभेँडाको लागि एक सय पाँच भारूसम्म तिरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

पाकिस्तानमा पनि केही दिन अघिसम्म गोलभेँडाको मूल्य दोब्बरले बढेर पाकिस्तानी एक सय रूपैयाँसम्म पुगेको छ। सामान्यतया यहाँ खपत हुने मध्ये ५० प्रतिशत बराबर गोलभेँडा भारतबाटै आयात हुन्छ।

छिमेकीमुलुकमा गोलभेँडाको मूल्य अत्यधिक महँगो छ। कतिपयलाई भारतमा महँगो भएपछि त्यसको प्रभाव यहाँ पनि पर्न सक्छ भन्ने लाग्न सक्छ।

तर यहाँ भारतीय गोलभेँडाको मूल्यको केही प्रभाव नपर्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विजय श्रेष्ठले बताए।

उनका अनुसार हाल भारतबाट सानो गोलभेँडा आएको छैन। ‘यहीँ उत्पादन छ,’ उनले भने, ‘त्यहाँ बढेको मूल्यले हामीलाई केही फरक पार्दैन।’

नेपालीहरूले सामान्यतया घरायसी प्रयोजनका लागि सानो गोलभेँडाको प्रयोग गर्छन्। लगभग ९० प्रतिशत उपभोग यस्ता सानो गोलभेँडाको हुन्छ। ठूलो गोलभेँडा भने होटल तथा रेष्टुरेन्टमा सलादको रूपमा प्रयोग हुन्छ।

अहिले गोलभेँडा उत्पादनको मौसम होइन। वर्षातको सिजनमा खुला ठाउँमा गोलभेँडा उत्पादन हुँदैन। टनेलको गोलभेँडामा भर पर्नुपर्छ।

त्यहीँ भएर विगतमा यो समयमा गोलभेँडाको मूल्य पनि महँगो हुन्थ्यो। तर अहिले गोलभेँडाको उत्पादन बढी भएकाले बजार नपाएको एसएन कृषि फार्मका सञ्चालक रेशम आचार्यले बताए।पहिले टनेल खेती कम हुन्थ्यो,’ उनले भने, ‘अहिले धेरैले गर्छन्।’

उनका अनुसार हाल बजारमा टनेलको गोलभेँडा प्रतिकिलो २७ देखि २८ रूपैयाँ किसानले पाइरहेका छन्। भने उपभोक्ताका लागि प्रतिकिलो ४० देखि ५० रूपैयाँमा बिक्री भइरहेको छ।

विगतमा यो समयमा गोलभेँडाको उपभोक्ता मूल्य प्रतिकिलो एक सय रूपैयाँ हाराहारी हुन्थ्यो।

विगतका वर्षहरूमा यो समयमा गोलभेँडाको मूल्यले भाउ पाएको देखेर उत्पादन बढाउँदा यो वर्ष फाल्न पर्ने स्थिति आएको उनी बताउँछन्।

‘पहिले धेरै मूल्य पाइरहेका थिए। अहिले उत्पादन बढाउँदा मूल्य घट्यो,’ उनले भने, ‘छिमेकी मुलुकमा महँगो छ। तर हाम्रो उत्पादन उता जाँदैन।’ कालिमाटी बजारको तथ्यांक हेर्दा पनि यो वर्ष दोब्बर गोलभेँडा उत्पादन भएको पुष्टि हुन्छ।

गत वर्षको असार ११ गतेदेखि १७ गतेसम्म एक साताको तथ्यांक हेर्दा दैनिक न्यूनतम २५ लाख किलोदेखि ३३ लाख किलोसम्म सानो गोलभेँडा भित्रिएको थियो।

बजारमा ठूलो गोलभेँडा भने आन्तरिक र भारतीय दुवै छन्। तर केही दिनयता ठूलो गोलभेँडा पनि भारतबाट नआएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी श्रेष्ठ बताउँछन्।

‘तथ्यांक हेर्दा सानो गोलभेँडा त एक डेढ महिना देखिनै आएको छैन,’ उनले भने, ‘ठूलो गोलभेँडा पनि तीन/चार दिनदेखि आएको देखिदैन।’

उनका अनुसार हाल कालिमाटीमा काठमाडौं उपत्यकालगायत छिमेकी जिल्लाबाट गोलभेँडा आइरहेको छ। मौसमको समयमा भने काठमाडौं बाहिरका जिल्लाबाट पनि कालिमाटीमा गोलभेँडा भित्रिने गरेको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
Shares