सैलुङको आलु उपहार लिँदै कोईराला

काठमाडौं । आलु खेती प्रवर्द्धनको लागि दोलखाको सैलुङ गाउँपालिकाका किसानले  विभिन्न राजनीति दलका शीर्ष नेतालाई कोसेलीको रूपमा आलु उपहार दिएको छ । जिल्लाको शैलुङ्ग गाउँपालिका भित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि गौरीशङ्कर च्छोरोल्पा मिडिया प्रा.लि को ब्यानरमा ‘हाम्रो अभियान कृषकलाई प्रोत्साहन’ भन्दै कोसेलीको रूपमा आलु उपलब्ध गराएको हो ।

januki 11.jpg

मिडिया प्रा.लिका अध्यक्ष प्रवीण थपलियाले गाउँपालिकाभित्र पछिल्लो समयमा  आलु उत्पादनमा उत्साहजनक रूपमा वृद्धि भएकाले  खेती प्रवर्द्धनको लागि उत्पादित आलु शीर्ष नेता र मन्त्रिलाई कोसेली स्वरूप उपलब्ध गराइएको बताएका छन् । ‘आलु खेती प्रवर्द्धनको लागि कृषि मन्त्रालयको ध्यानाकर्षण गराउन कृषि मन्त्रालय सहित देशको प्रमुख नेताहरूलाई आलु उपहार दिइएको छ’ उनले भने, आलु उत्पादनको पर्याप्त सम्भावना भएको दोलखाको  सैलुङ स्थानीय तहले यसको उत्पादन वृद्धि गर्नका लागि पर्याप्त लगानी गर्न कृषकलाई प्रोत्साहन होस् भनेर हामीले आलु उपहार दिइएको हो ।’

किसानले आज मंगलबार प्रा.लिको ब्यानर सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती  र  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल शेखर कोइराला नेपाली काँग्रेस पार्टीका राजनीतिज्ञ तथा व्यवस्थापिका संसद सदस्यलाइ मन्त्रालयमा पुगेर  कोसेलीको रूपमा आलु उपलब्ध गराएको अध्यक्ष थपलियाले बताए ।  आलु उपहार लिँदै मन्त्री ज्यालाले  गाउँपालिकामा आलुको उत्पादनको सम्भावना निकै राम्रो भएकाले बाहिर निर्यात गरेर जिल्लाको मुख्य आम्दानीको स्रोत बनाउन सकिने बताएका छन् ।  आलु खेतीलाई प्राथमिकतामा राखेर, उत्पादन वृद्धि, पूर्वाधार निर्माण, उन्नत बिउ, प्रविधि, बजारीकरण गर्न कृषि मन्त्रालयलाई पहल गर्ने र दोलखा सैलुङलाई राष्ट्रिय बालीको रूपमा आलु स्थापित गर्न आवश्यक   पहल गर्ने शेखर कोइराला उ भनाई थियो ।

मन्त्री  ज्वालाले त्यहाँ उत्पादन गरिएको आलुलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आलुको ब्रान्ड निर्माणको तयारी गर्ने समेत गरेका गर्दै उनले भने, अब तपाईँहरूले उत्पादन गरेको  आलु  देशभर सैलुङको आलुका नाममा परिचित हुनेछ । प्राथमिकताका साथ  आलु खेती गरेमा दोलखालाई राष्ट्रिय रूपमा चिनाउने बालीको रूपमा आलु स्थापित हुन सक्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाई थियो ।  जिल्लामा आलुको उत्पादनको सम्भावना निकै राम्रो छ । हिमाली हावापानीमा फल्ने आलु बाहिर निर्यात गरेर जिल्लाको मुख्य आम्दानीको स्रोत बनाउन सकिने अवस्था छ ।   गाउँपालिकाभित्र वार्षिक रूपमा ९० हजार मेट्रिटन भन्दा बढी आलु उत्पादन हुने गरेको छ ।

गाउँपालिका भित्रका किसानको मुख्य आय स्रोतको रूपमा आलु खेती सञ्चालन गर्दै आएका छन्  ।  आलु उत्पादन एवं आम्दानी फस्टाउँदै जाँदा किसानहरूको आर्थिक हैसियतमा समेत सुधार र राज्यको पहुँच अन्य निकायसँग भर पर्नु नपर्ने अवस्थाबाट समेत हैसियतमा परिवर्तन आउने देखिन्छ । सैलुङमा उत्पादन हुने आलु स्थानीय बजारको साथै काठमाडौं तथा देशको विभिन्न  बजारमा समेत पुग्दछ । विगतमा मुडेको आलुको नामले काठमाडौंमा पुग्ने यहाँको आलु अहिले भने सैलुङको आलुको नामले समेत परिचित छ । जिल्लाको शैलुङ्ग क्षेत्र गुणस्तरीय आलु उत्पादन हुने क्षेत्र हो । विगतमा सडकको पहुँच नपुगेको कारण उत्पादित आलु बजारसम्म पुर्‍याउन समेत समस्या थियो । तर अहिले गाउँसम्म सडक पुगेपछि ती क्षेत्रमा उत्पादित आलु बजारसम्म पुग्न लागेका छन् ।कार्यक्रममा संचारकर्मी च्छोरोल्पा टिभिको प्रबन्ध निर्देशक, जानकी बज्राचार्य,नेपालि काग्रेस दोलखाको नेता,महाधिबेसन प्रतिनिधि नेपाल तरुण दलको केन्द्रीय सदस्य,कुमार अधिकारी नेपालि काग्रेस जिल्ला कार्यसमिति सदस्य, रुद्र थपलिया रास्ट्रीय युवासँग नेपाल बागमती प्रदेश कमिटी रचनात्मक विभाग प्रमुख, प्रविन बस्नेत महिला अधिकारकर्मी,अमबिका सिह समाजसेवी सम्झना खडकाको उपस्थिति रहेको जानुकी बज्राचार्यले जानकारी गराउनुभएको छ ।

Facebook Comments Box
TOP
Shares