

नेपाल सुपर लिग (एनएसएल) मा १० टोली
काठमाडौं : नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहने भएको छ। आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बुधबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणमा तीन टोली थप गरेर १० टोलीको सहभागिता रहने जनाएको हो। काठमाडौंमा आयोजना भएको पहिलो संस्करणमा सात टोलीले प्रतिस्पर्धा गरेका थिए। दोस्रोसंस्करणमा भने तीन टोली थप गरेर १० टोली बनाइने नेपाल स्पोर्ट्स म्यानेजमेन्टले जनाएको छ।
नयाँ टोलीको अक्सन भने आगामी फेब्रुअरीमा हुनेछ। दोस्रो संस्करण आगामी चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन हुनेछ। यसैगरी दोस्रो संस्करण दुई शहरमा आयोजना गरिने भएको छ। प्रतियोगिताका खेलहरू काठमाडौंसँगै पोखरामा पनि सञ्चालन हुने भएको छ। पहिलो संस्करणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरिएको थियो। कोरोना महामारीका कारण लकडाउन भएपछि दर्शकबिनै प्रतियोगिता सञ्चालन गरिएको थियो।
पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो। पहिलो संस्करणमा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गरेका थिए।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



