

अस्थायी बाँध बाँधेर सिँचाइ गर्न बाध्य हुँदै किसान
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका किसानले भेडवा नदीमा अस्थायी बाँध बाँधेर खेतमा सिँचाइ गर्न थालेका छन् । अकाशेपानीमा आश्रित किसानहरु साउनको तेस्रो सातासम्म पनि पर्याप्त पानी नपर्दा अस्थायी बाँध बाँधेर सिँचाइ गर्न बाध्य भएका हुन् ।
कल्याणपुर नगरपालिका–४ का वडाध्यक्ष प्रजितकुमार यादवका अनुसार स्थानीय किसानको जनश्रमदान र नगरपालिको सहयोगमा सिँचाइ उपलब्ध गराइएको बताए । उनले यसपाली समयमा धान रोपाइँ नभएकाले धान उत्पादन घट्ने अनुमान गरे ।
भेडवा नदीमा किसानले बाँधेको अस्थायी बाँधले कल्याणपुर नगरपालिकाको वडा४, ५, ६ का विष्णुपुर प्रारा, चिकना, भोक्राहा, डरौलका हजारौँ बिघा जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । सबै क्षेत्रमा पानी पुग्न करिब १० दिन लाग्ने अनुमान गरिएको छ । पानी खेतमा जान थालेपछि किसान खुसी भएका छन् ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



