चाररातेमा चौँरी महोत्सव

फिदिम : पाँचथरको फालेलुङ  गाँउपालिका ४ चाररातेमा ‘पाँचौ फालेलुङ चौँरी पर्यटन महोत्सव’को आयोजना गरिएको छ। नयाँ वर्षको अवसर पारेर बिहीबार उद्घाटन गरिएको महोत्सव बैशाख चार गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा पाँच सयको हाराहारीमा चौँरी प्रदर्शन गरिएको छ।

उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने र चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मूल समितिका सचिव सुनिल बान्तवाले जानकारी दिए।  फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्द्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाले संयुक्त रुपमा महोत्सवको आयोजना गरेको हो।फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले उद्घाटन गरेको महोत्सवको अवसरमा प्रथम याक गोल्डकप प्रतियोगिताको समेत आयोजना गरिएको छ। ‘चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर नेपालको सम्पति भएकाले यसको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको हो,’ बान्तवाले भने  ‘चौँरीको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो।’

करिब ४ हजार मिटरको उचाईमा आयोजित महोत्सवमा याक चढी र घोडचडी समेत आयोजना गरिएको हो।  नेपाल र भारतको वेष्ट बंगालसहित सिक्किमको सिमाना नजिक आयोजना गरिएको महोत्सवमा सयौँ मानिसहरु उपस्थित भएका थिए।

चौँरी संस्कृति लोभ हुँदै गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको मूल समितिकी अध्यक्ष केसरी गुरुङले बताइन्।  महोत्सवमा सहभागीलाई स्थानीय संस्कृति झल्कने परिकारहरु खुवाउनुको साथै सीमा क्षेत्रको दृश्यावलोकन गराइएको थियो।

महोत्सवमा  चौँरीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, भेडाको उनबाट बनेका सामग्रीहरुको बिक्री, घोडा चढी, याक चढी गोठबास (गोठस्टे) को समेत व्यवस्था गरएको थियो। महोत्सवको अवसरमा उत्कृष्ट चौरीपालक किसानलाई सम्मान समेत गरिएको छ।महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ। बस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने चौरी महोत्सवमा आन्तरिक र बाह्य पर्यटकलाई सहभागी गराइएको हो।  पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा, काठमाडौंदेखि भारतको सिक्किम र दार्जिलिङका बासिन्दा, पर्यटन व्यवसायी र सर्वसाधारणले महोत्सवको अवलोकन गरेका हुन्। महोत्सवका लागि फालेलुङ गाउँपालिकाले आर्थिक सहयोग गरेको हो।यो समाचार अन्नपूर्ण पोस्टमा छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares