

चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते
अर्घाखाँची । अर्घाखाँची मालारानीको गोखुङ्गामा आज परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा दिउँसो अन्दाजी २ः५० बजे परेको चट्याङले स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो । उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन चार जनालाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए । रासस
समाज
थप सामाग्री-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
१४ घण्टा अगाडि
1.1kViews 379 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)…



