

मनास्लु आरोहण गर्ने आरोहीको सङ्ख्या ह्वात्तै बढ्दै
काठमाडौं । यस वर्षको शरद ऋतुमा मनास्लु (आठ हजार १६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् ।पर्यटन विभागका अनुसार यो याममा मनास्लु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित कूल तीन सय एक आरोहीले आरोहण अनुमति लिएका हुन् । यो याममा मनास्लु हिमालसहित विभिन्न १० वटा हिमाल तथा चुली आरोहणका लागि ३५ आरोही समूहका कूल तीन सयन ३९ आरोहीले आरोहण अनुमति लिएका हुन् ।
विभागका निर्देशक राकेश गुरुङले मनास्लु आरोहणमा उल्लेख्य सङ्ख्यामा आरोही आएको र भदौ ३१ गते आइतबारदेखि धमाधम आरोहण भइरहेको जानकारी दिए। निर्देशक गुरुङका अनुसार यो यामको पहिलो आरोहणका रुपमा कीर्तिमानी आरोही निर्मल पुर्जाको टिमले आइतबार मनास्लु आरोहण गरेको थियो । योसहित अन्य तीन टिमले मनास्लु आरोहण गरेका छन् । अहिले धेरै आरोही आरोहणका क्रममा छन् । विभागले हिमाल आरोहण अनुमति दिने कार्य पनि जारी राखेको छ ।
मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।
सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।
समाज
थप सामाग्री-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
१७ घण्टा अगाडि
1.2kViews 104 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति…



