`मोहम्मद डे’को अवसरमा बाँकेको नरैनापुर र खजुरा गाँउपालिकामा सार्वजनिक बिदा

नरैनापुर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे)को अवसरमा बाँकेको नरैनापुर गाँउपालिकाले आज बिहिबार सार्वजनिक बिदा दिएको पालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।
इस्लामिक महिना रविउलऔवलको १२ तारिकको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए ।
समाजमा रहेका रुढीवादी सोच, परंपरा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले संघर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले नरैनापुर गाँउपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।
यस्तै खजुरा गाँउपालिकाले पनि मोहम्मद डे को अवसरका पालिका भित्र सार्वजानिक बिदा दिएको पालिका अध्यक्ष डम्मर विक तुफानले जानकारी दिए ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले बिहिबार मुस्लिम समुदायलाई मात्र बिदा दिएको भन्दै चौतर्फी रुपमा सरकारको आलोचना भईरहेको छ ।

Facebook Comments Box
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
७ घण्टा अगाडि

1.7kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…

TOP
Shares