

बझाङमा भूकम्प : २४ घन्टा नपुग्दै १२ ठूला धक्का !
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । बझाङमा मङ्गलबारकाे उक्त भूकम्पदेखि याे समाचार तयार पार्दासम्म ४ रेक्टर स्केलभन्दा माथिका १२ भूकम्प गइसकेका छन् । यी भूकम्पकाे धक्का सुदूरपश्चिमका सबैजसाे जिल्लामा महसुस गरिएकाे छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार नै दोस्रोपटक ३ः०६ बजे बझाङको सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केलकाे भूकम्प गएकाे थियाे । अनि ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियाे ।
मंगलबारै यस्तै ४ः२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ४ः३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४.३ रेक्टर स्केल, ५ः१९ बजे सेली केन्द्रविन्दु भएर ५ रेक्टर स्केल र ५ः३८ बजे दामेना केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हाे ।
यसैगरी मंगलबार राति १२ः१६ बजे दामेना केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केल, १२ः५० बजे तालकोट केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केल र आज (बुधबार) बिहान ४:२७ बजे र ५ः४३ बजे बझाङमै केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलका २ वटा भूकम्प गएको छ ।
केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउँछन् । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने ।
यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो । उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए ।
समाज
थप सामाग्री-
धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ
-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
८ घण्टा अगाडि
1.7kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…





