व्यस्त रोडमा सवारी पार्किङ गरी के तपाईं कमलपोखरीको शान्दार मःमः खान जाँदै हुनुहुन्छ ? होसियार, ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला ?

काठमडौं । के तपाइँ कमलपोखरीको शान्दार मःमः खान जाँदै हुनुहुन्छ ? होसियार ट्राफिक प्रहरीको कारबाहीमा पर्नु होला ? दैनिक जस्तो मःमः पारखिहरूको भिड लाग्ने शान्दार म.म. पसलका साउजीले ट्राफिक  प्रहरीलाई आर्थिक  नजरना बुझाएर पार्किङ गराउने गरेको भएपनि अब त्यसो नहुने  खुलासा भएको छ।

अबदेखि त्यो मःमः बनाउने ठाउँ अगाडीको सडकमा सवारीसाधन पार्किङ गर्न नपाउने ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक(सइ ) शरण थापाले जानकारी दिएका छन्।

पहिले के थियो! कस्तो थियो! मलाइ थाहा छैन तर आजदेखि म आएको छु। त्यस्तो केही भेटिए तुरून्त कारबही गर्छु थापाले भने। तर मालिगाँउ ट्राफिक  प्रहरीसँग शान्दार म.म.का साउजीले सेटिङ मिलाउने गरेको स्थानीयले आरोप लगाएका छन्।

हाम्रा प्रतिनिधि सँग स्थानीयले स्थानीय भन्छन्   पटक-पटक कमलपोखरीमा रहेको शान्दार म.म. पसलका साउजीलाई पार्किङको व्यवस्थापन अन्तकतै गर्न आग्रह गरेपनि प्रहरीको मिलेमोतोमा अटेर गरीरहेका छन खै कहिले होला म: म साहुजीलाई कारवाही ?

व्यस्त  सडकमा बिहान करिब ८ बजेदेखि बेलुका ७ बजेसम्म शान्दार मःम को अगाडि रहेको सडकमा सवारीसाधानहरू खचाखच पार्किङ गरेर राखेको देखिन्छ। दिनभरमा करिब सयौं सवारिसाधन पार्किङ नै बनाएर सडकमा राखेको देखिन्छ। उक्त सडकमा सवारीसाधन जाम भएको ट्राफिक प्रहरीले कहिले पनि देख्दैन।

किन भने ट्राफिक प्रहरी नै म.म.का साहुजीसँग मिलेर कमाउधन्दामा लागेको कमलपोखरीका स्थानीय बासिन्दाहरुले बताउने गरेका छन्।

कमलपोखरीको शानदार म.म. पसल अगाडी अनियन्त्रित रुपमा सडकमा सवारीसाधन पार्किङ गरेर राखेको जो कोहीले सजिलै देख्न सकिन्छ।

म.म. पसलका साहुजीलाइ यहाँ बाइक पार्किङ गर्न प्रहरीले दिन्छ त ? भन्ने हाम्रो जिज्ञासामा मःम पसलका साहुजिले भने ट्राफिक प्रहरीलाई मिलाएका छौं।

तपाँइहरू ढुक्कका साथ पार्किङमा राखेर आन्नदले म.म. खानुहोस् उनको सहजै आउने जवाफ त्यस्तो थियो।

उनको त्यो बोलिले स्पष्ट के हुन्छ भने ट्राफिक प्रहरीलाई आर्थिक  नजरना बुझाएको स्पष्ट बुझिन्छ। हामीले फेरि म.म. पसलका कर्मचारीलाइ भाइ बाहिर सडकमा बाइक पार्किङ गर्दा हुन्छ? भन्ने जिज्ञासा राख्दा उनले ठट्यौली पारामा भने ट्राफिक सरहरु आँउछन मःम का डल्ला हसुर्छन् पैसा नतिरी जान्छन्। अनि बाइक राख्दा के हुन्छ त।

अब प्रष्ट हुन्छकि शान्दार मःम र कमलपोखरी ट्राफिक प्रहरीको सम्बन्ध के छ? ट्राफिक प्रहरीले भन्छ शान्दार म.म. पसल अगाडि कुनै पनि सवारी पार्किङ नहुने पार्किङ गरिएको भेटिएमा कारबाही गर्ने बताउदै आएको छ।

यसरी शानदार म.म. पसल अगाडि जथाभावी सवारी पार्किङका कारण कमलपोखरिमा बिरामी बोकेका एम्बुलेन्सलाइ चर्को साइरन बजाएर जाम हटाउनु पर्छ भने पैदल यात्रीलाइ समेत हिड्न असजिलो भएकाे सहजै देख्न सकिन्छ।

बिगत लामो समयदेखि शान्दार म.म.का साहुजीले सडकलाई आफ्नै आँँगनको रुपमा प्रयोग गर्दै आएका छन्। नियमन गर्ने निकायको ध्यान जाओस्।

मानिसहरु म.म.खान विशेषगरी कमलपोखरीको शान्दार म.म. सेन्टरमा आएको पाइन्छ। तर कमलपोखरीमा रहेको शान्दार मःमः सेन्टरमा न राम्रो पार्किङको व्यवस्था छ,न म.म. नै स्वस्थ मासुबाट बन्छ लापरबाही गरेर मान्छेको स्वास्थ्य माथि नै शान्दार म.म.का साउजीले खेलवाड गरेको पाइएको छ। सम्बन्धि नियमन गर्ने निकायकाे ध्यान जान जरूरी रहेकाे देखिन्छ।

 यो पनि पढनुहोस    :

कमलपोखरीमा विगत केही वर्ष अगाडिबाट सञ्चालित शान्दार मःम : खादैँ हुनुहुन्छ ? ख्याल गर्नुहोस् स्वास्थ्य बिग्रिएला ! 

काठमाडौं । के तपाइँ कमलपोखरीको ठिक अगाडि सञ्चालित  शान्दार मःमः खादै हुनुहुन्छ भने होसियार  !  जुन मःम तपाईहरु  खाँदै हुनुहुन्छ उक्त  मःमः कस्तो ठाउँमा बन्दोरहेछ तपाईंले  कल्पनासम्म गर्नु भएको छैन होला।

के गर्नु मःमःको डल्लो मात्रै सेतो भएर होनी हैन ! म:मका पारखीहरुलाई त भयो नी ! बनाउने ठाँउ पनि सफा सुघ्घर  हुनुपर्छ होला त्यसैले मःमः खानु भन्दा पहिले एकपटक मःमः बनाउने ठाउँमा गएर हेर्नु भयो भने हजुरहरुलाई कहिले पनि मःमः खाने चाहाना आउने वाला छैन।

हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं। तर खाजाको रुपमा मःमः धेरै खान्छौं त्यो मःमः बनाउने ठाउँमा तपाँईहरूले कहिले कस्ताे छ हेर्नु भएको छ,छैन भने एकपटक कमलपाेखरीमा रहेकाे चर्चित शान्दार म.म. पसलमा गएर हेर्नुहाेला।

मानिसहरु म.म.खान विशेषगरी कमलपाेखरीकाे शान्दार म.म. सेन्टरमा गएकाे पाइन्छ।  तर कमलपोखरीमा सञ्चालन हुदै आएको  शान्दार मःमः सेन्टर  ! जसका सञ्चालकले   ग्राहकको  स्वास्थ्यमा ख्यालै ध्यान नदिने मात्रै होईनकी म:म सेन्टरका साहु स्वंंयम अस्वस्थ मासुको प्रयोग गर्दै  ग्राहकलाई  ठगी गर्दै  आईरहेको पाइएको छ ।

सो मःम सेन्टरका साहु उर्फ म:मका नाममा  काला बजारी गर्न पल्केका व्यक्तिले दिनदहाडै अस्वस्थकर एवम् कुहिएको बुढी भैंसीको  मासुबाट म:म  तयार गरि मानिसको स्वास्थ्यमा  लापरबाहीगर्दै म:म पारखीहरुक‍ो स्वास्थ्य माथिनै खेलवाड गरिरहेक‍‍ो  पाइएकाे हो । सो मःम सेन्टरमा प्रयोग हुने किमा कतिको गुणस्तर एवम् खानयोग्य छ भन्नेकुरा खाध्य एवम् गुणस्तर विभागले ल्याव टेस्ट गर्दानै थाहा होला । अन्यथा सो म:म पसलमा जो कोहीले   देख्दै उल्टी आउने किमा प्रयोग भएको प्रस्ट देख्न सकिन्छ ।

कमलपोखरीमा सञ्चालित  शान्दार म.म.खानेहरुको भीड अत्यन्तै लाग्ने गरेकाे भएपनि उपभाेक्ताकाे स्वास्थ्यमाथि खेलवाड गरेकाे पाइएकाे छ।हाम्रा जनरक्षा कर्मीको स्थलगत रिपोर्टिङ पछि उक्त म:म पसलले  अस्वस्थ भैसीकाे मासुकाे किमाबाट म.म. बनाउने गरेकाे खुलासा भएकाे हो । उक्त  म.म.बनाउने ठाउँमा पनि उस्तै फाेहाेर देखिएकाे छ। त्यही ठाउँमा चुराेटकाे धुँवा र गुट्खा खाएकाे मज्जाले देख्न सकिन्छ अनि त्यही हातले म.म. बनाउने गरेकाे पाइएकाे छ।

त्यस्तै शानदार म:म साहुजीको एकमात्र ध्यान छकी दुनियाँका स्वास्थ्यको वाल मतलब आफू कसरी कमाउने त्यो पनि काठमाडौंको विभिन्न ठाउँमा छ्याप छ्याप्ती खुलेका किमा पसलबाट किमा ल्याई,  भैंसि काट्ने ठाउँबाट  काम नलाग्ने खान अयोग्य खेरफालिएका भैसीका  अस्वथ मासु   पेलि म: म बनाँदै आईरहेको सोर्त बताँउछ।  त्यस्तै   म.म. बनाउने ठाउँ र स्वस्थ मासुकाे प्रयाेग गरेर मात्र म.म.बनाउनु पर्ने हाे त्याे कुनै पनि किसिमकाे मापदण्ड पालना गरेकाे पाईदैन जसरी हुन्छ उपभाेक्तालाइ ठगी गरेर म.म. बिक्री गर्नु र पैसा कमाउने एकमात्र उद्देश्य रहेकाे देखिन्छ। तर, हामीलाई शान्दार मःमः कसरी बनाइन्छ,म.म. बनाउन कस्ताे मासुकाे प्रयाेग गरिन्छ र बनाउने ठाउँ कस्तो छ, त्याे कुनै पनि किसिमकाे चासाे अहिलेसम्म उपभाेक्ताहरूले राखेकाे पाइदैन।

हामीलाइ मःमः बनाउन मैदा प्रयोग गरिन्छ भन्ने बाहेक अरू त्यति खासै सायद थाहा छैन होला। त्यो मःमः भित्र राखिने किमामा कस्तो खालको मासु प्रयोग गरिएको छ भन्ने तपाँइहरूले कल्पनासम्म गर्नु भएकाे छैन।

कमलपोखरीको शान्दार मःमःमा भैसीको अस्वस्थ मासुकाे प्रयोग गर्ने गरेको र एकजना म.म. खान आएका उपभाेक्ताले बताएका छन्। उनले भने म धेरै बर्षदेखि याे ठाउँमा म.म. खान आउने गरेकाे थिए तर यस्ताे अस्वस्थ मासु र बनाउने ठाउँ यतीसम्म फाेहाेर हुन्छ हाेला भन्ने कल्पना सम्म नगरेकाे बताए।

उनले भने यस्ताे ठगी गरेर मान्छेकाे स्वास्थ्य माथि खेलवाट गर्ने जाे काेहीलाइ पनि सरकारले कानुनी कारबाही गर्नुपर्छ। राज्यले यसरी मान्छेकाे स्वास्थ्यमाथि खेलवाड गर्ने पैसा कमाउन जे पनि गर्नेमाथि कारबाहीकाे गर्नै पर्छ।अबदेखि शान्दार म.म. म पनि खादिन र अरूलाइ पनि स्वास्थ्यकाे ख्याल गरेर नखानुहाेस् भन्ने आग्रह गर्छु उनले भने।

त्यस्तै एकजना अर्का नियमित ग्राकले भन्ने पहिले त ठिकै छ भन्ने लागेर जताबाट भएपनि समय मलाएर यही शान्दार मःमः खान दिनमा एकपटक आउने गरेको थिए,तर अबदेखि शान्दार मःमः खान नआउने निर्णय गरेकाे छु।हाम्राे प्रश्नमा उनले भने पहिले तपाइ म.म.बनाउने ठाउँ हेरेर आउनु हाेस् ? फेरि हेर्न जानु भयाे भने विचार गरेर जानुहाेला नत्र म.म. खान आउनु भएकाे मान्छे ति साउजीकाे गालि खाएर जानुहाेला है भन्दै मन्द-मन्द हाँस्दै हामीसँग कुरा गरिरहेका थिए।

याे त मान्छेलाइ ठगेर गर्ने व्यपार पाे रहेछ त बाहिर मैदाकाे पीठाे लगायाे भित्र जस्ताे जे हाले पनि हुने रहेछ यीनिहरूले पैसा धेरै कमाउन भैसीकाे अस्वस्थ मासु समेत प्रयाेग गर्ने गरेकाे उनले ठाेकुवा गरे। उनले भने अनुगमन गर्नु पर्छ यति मात्र हाेइन अरू पनि केके भेटिन्छ त्याे अनुगमन गरेपछि मात्र थाहा हाेला। अबदेखि शान्दार म.म. काेही कैसैले पनि खान नआए हुन्छ किन भने स्वस्थ मान्छे अस्वस्थ हुनलाइ खाने हाेइन उनले भने। म केही समय अगाडी यही शान्दार म.म. खाएर निस्केपछि वान्ता भएकाे थियाे त्यसपछि केही दिन विरामी समेत परेकाे थिए। मैले अरू केही कारणले यस्ताे भएकाे हाेला भन ठानेकाे थिए। तर अहिले आएर यही म.म.का कारण मलाई त्यस्ताे भएकाे रहेछ भन्ने महसुस भएकाे छ।

त्यस्तै मैनाली थरका एकजनालाई हामीले अबदेखि शान्दार म.म. खान नआउने भन्नुभयाे किन नआउने भन्ने हाम्रो प्रश्नमा उनले भने मःमः बनाउने ठाउँ कस्तो रहेछ भनेर छट्के चेक गरेको तर हामीले मःमः खाएको भन्दा पनि रोग खाएको जस्तो लाग्यो। मैले यति सम्म फोहोर होला भन्ने कल्पना समेत गरेको थिएन। त्यसैले अब कमलपाेखरीकाे शान्दार म.म. खान नआउने यस्ताे हाम्राे स्वास्थ्यमाथि खेलवाड गर्नेलाइ कानुनी कारबाही गर्नुपर्छ र सरकारका विभिन्न नियमनकारी निकायले यस्तालाइ कानुनी कठ्घरामा ल्याउन जरूरी रहेकाे उनले बताए।

यिनीहरू त केही प्रतिनिधि पात्र मात्र हुन यस्ता धेरै जनासँग हामीले कुरा गरेका छाै अन्यकाे कुरा कानी हामी फेरि अर्काे रिपाेर्टिङमा प्रकाशित गर्ने छाैं। 

मैदाबाट बनेको मःमः दैनिकजसो खाने गरेमा स्वास्थ्यका लागि खतरनाक हुने स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन् भने अझ त्याे भित्र अस्वस्थ खाने कुरा हालेपछि उपभाेक्ताकाे स्वास्थ्यमा कति असर गर्ला त्याे कल्पनासम्म गर्न नसकिने कुरा हाे।

हिजोआज हरेक गाउँदेखि शहरका गल्लीमा सहजै उपलब्ध हुने मःमः स्वास्थ्यका लागि हानिकारक हुन्छ। मैदा गहुँको परिस्कृत आँटा हो। यसमा फाइबर हुँदैन। मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार रहेकाे छ।

त्यस्तै चाहे निजी क्षेत्र हुन् वा सरकारी कम्पनी, कसैलाई पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने छूट छैन र हुनु पनि हुँदैन। त्यसैले कमलपोखरीको शान्दार म.म.ले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी म.म. बिक्री गरेको भए त्यस आधारमा कारबाहीको दायरामा ल्याउनै पर्ने देखिन्छ।

त्यस्तै वाणिज्य विभाग, खाद्य तथा गुणस्तर नियन्त्रण विभागले अनुगमन कार्यलाई प्रभावकारी बनाई गल्ती गर्नेलाई कारबाही गर्न जरुरी छ। सरकारले यस्ता म.म. पसललाई व्यवस्थित बनाउनुका साथै गुणस्तरहीन म.म. बिक्री गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरे मात्र उपभोक्ताको स्वास्थ्यमाथि भइरहेको खेलवाडलाई केही हदसम्म भए पनि कम गर्न सकिन्थ्यो।

त्यसैगरी, संविधानको अनुसूची–७ मा संघ र प्रदेशले साथै अनुसूची-८मा स्थानीय तहले उपभोक्ता अधिकार संरक्षण गर्नुपर्ने व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन, ०७४को दफा ११ ले स्थानीय सरकारले उपभोक्ता अधिकारसम्बन्धी कानुनको कार्यान्वयन र नियमनको व्यवस्था गरेको छ। यसरी कानुनले तीनवटै संघ, प्रदेश र स्थानीय सरकारले उपभोक्ता अधिकारको रक्षा र संवद्र्धन गर्नुपर्ने व्यवस्था गरेको भएतापनि उपभोक्ताले अनुभूत गर्ने गरी कानुनको प्रभावकारी कार्यान्वयन भएकाे पाइदैन।

लामो समयदेखि शान्दार म.म. का साहुजीले सडकलाइ आफ्नै आँँगनको रुपमा प्रयोग गर्दै आएका छन्। नियमन गर्ने निकायको ध्यान जाहोस्।

त्यस्तै बजारमा पाइने सामान खाएर स्वस्थ्य बिग्रेको भए पनि हामीले आफ्नो अपभोक्ता अधिकारको माध्यमबाट कानुन कार्यवाही र उपचार लिन सक्छौं। यदि ऐन विपरित काम गरेको खण्डमा र कानुनले तोकेको भन्दा बिपरित काम गरेमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुरुप कसुरदारलाई निम्न सजाय हुने व्यवस्था छ।

१-निरीक्षण अधिकृतले तत्काल गर्न सक्ने सजाय (जरिवाना)  दूषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने (जुन पदार्थ खानाले कसैको मृत्यु भएमा, मृत्यु हुने सम्भावना वा अपुरणीय क्षति भएमा) व्यक्तिलाई २५,००० सम्म जरीवाना, ३ बर्ष सम्म कैद हुने र सो दूषित खाद्य पदार्थबाट प्रभावित व्यक्तिलाई १,००,००० सम्म क्षतिपूर्ति दिनु पर्ने व्यवस्था गरिएको छ।

मूल्य तथा बिक्रेताले बिक्री गर्न प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्य र सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य सूची नराखेमा पचास हजार देखि एकलाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

१०- वस्तु उत्पादन गर्ने उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजत पत्र बिक्री स्थलमा नराखेमा पचास हजार देखि एकलाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

११- उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जाँचबुझ, अनुगमन तथा निरीक्षण गर्ने क्रममा त्यस्तो जाँचबुझ, अनुगमन वा निरीक्षण गर्ने अधिकारी वा व्यक्ति, टोली वा निरीक्षण अधिकृतलाई सहयोग नगरेमा बीस हजार रुपैयाँसम्म जरिवाना।

व्यवस्था छ।

१९-एउटा वस्तु खरिद गर्दा अर्को वस्तु पनि खरिद गर्नुपर्ने व्यवस्था गरेमा तीन महिना देखि एक वर्ष सम्म कैद वा एक लाख देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।२०- नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गरेको अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको तोकिएको अधिकतम मूल्य भन्दा बढी हुने गरी बिक्री गरेमा वा गराउन खोजेमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।२१- उपभोक्ताको अधिकार संरक्षणका लागि तोकिए बमोजिमको निकायले तोकिएका वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी बनाएको मापदण्ड बिपरित वस्तु वा सेवाको बिक्री वितरण गरेमा तीन महिना देखि छ महिना सम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

 

Facebook Comments Box
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
८ घण्टा अगाडि

1.7kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…

TOP
Shares