

तस्करीकाे चिनी बरामद
परासी । जिल्ला प्रहरी कार्यालयले पश्चिम नवलपरासीले २७ क्विन्टल तस्करीकाे चिनी बरामद गरेको छ । २० गते शनिबार बिहान २.३० बजेको समयमा रामग्राम नगरपालिका बडा नम्बर ८ भैंसी बजारमा उक्त तस्करीकाे चिनी बरामद भएको प्रहरीले जानकारी दिएको छ । लु ३ च ४९६६ नम्बरको पिकअप गाडीलाई शंकास्पद भएको भन्दै प्रहरी चाैकी गाेवरहियाबाट प्रहरी टाेलीले चेकजाँच गर्ने क्रममा उक्त चिनी बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीलाई देख्नेबित्तिकै गाडीको चालक चांपी नै छाडेर गाडी छाेडी भागेको र गाडी खानतलासी गर्दा ठूलो परिमाणमा चिनी बरामद भएको थियो । ५४ बाेरामा रहेको उक्त चिनीकाे मूल्य झण्डै १ लाख १९ हजार ६ सय र गाडीको मूल्यांकन १० लाख गरि ११ लाख २९ हजार ६ सय मूल्य बराबरको चिनी र गाडी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको छ । उक्त चिनी महेन्द्र ठाकुरले मगाएकाे समेत खुलेको छ। महेन्द्र ठाकुर नेपाली काङ्ग्रेसको आडमा लामो समयदेखि तस्करी काराेवारमा संलग्न व्यक्ति हुन । उनी नेपाली काङ्ग्रेसको तर्फबाट दाेस्राे पटक रामग्राम नगरपालिकाकाे वडा नम्बर ८ मा बडाध्यक्षमा निर्वाचित भएका छन् । उनी रक्तचन्दन तस्करीमा पनि जाेडिदै आएका व्यक्ति हुन । उनको यो तस्करीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका घुमुवाहरू प्रदिप गुप्ता र किरण कुंवरकाे संरक्षण रहेको समेत खुलेको छ।यो चिनी प्रहरी चौकी बसहियको नाकाबाट निस्केको हो । प्रहरी चौकी बसहियमा प्र स नी जनार्दन यादव छन् ।
समाज
थप सामाग्री-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
१४ घण्टा अगाडि
1.1kViews 379 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)…



