कार्यवाहक महालेखा परीक्षक काफ्ले भन्छन् : तीन तहका सरकारबीच समन्वय नहुँदा शासकीय प्रणाली प्रभावकारी हुन सकेन

काठमाडौँ । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले तीन तहका सरकारबीच समन्वय नहुँदा शासकीय प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् ।  सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा कार्यवाहक महालेखा परीक्षक काफ्लेले संघीय संरचना अनुसार तीन तहका सरकारबीच समन्वय नहुँदा विकास निर्माणका काममा समेत दोहोरोपन र शासकीय प्रणाली प्रभावकारी नभएको बताएका हुन् । उनले संवैधानिक निकायहरुको कार्य प्रगति भएको नभएको भन्दै स्थानीय तहमा शक्ति सन्तुलन र नियमन स्पष्ट नभएकाले शासकीय प्रणाली प्रभावकारी नभएको बताए । उनले अर्थतन्त्रमा आर्थिक वृद्धिदर न्यून, आयातमुखी कमजोर नियमन र अनुगमन भएको भन्दै अर्थतन्त्रका समग्र सूचकहरू सकारात्मक नभएको बताए । कार्यवाहक महालेखा परीक्षक काफ्लेले वित्तीय व्यवस्थापनमा स्रोत प्राप्ति र उद्देश्य मूलक हुन सकेको भन्दै वैदेशिक साहयताको उपयोग प्रभावकारी हुन नसकेको दाबी गरे । उनले दिगो विकासलाई सरकारले आत्मसाथ गर्न नसकेको उल्लेख गरे । उनले संघीय, प्रदेश र स्थानीय सञ्चित पुँजीको हिसाब यथार्थ नभएको बताए । उनले संघीय, प्रदेश र स्थानीय सञ्चित पुँजीको हिसाब यथार्थ नहुँदा मौज्दात ऋणात्मक रहेको बताए ।कार्यवाहक महालेखा परीक्षक काफ्लेले देशको सञ्चित कोषको हिसाब नमिल्दा देशको समग्र अर्थतन्त्रका सूचकहरू सकारात्मक नभएको बताए । उनले आर्थिक वृद्धिदर, मूल्यवृद्धि, आयात र निर्यात समेत अपेक्षित नरहेको बताए । उनले १५ औँ योजनाको लक्ष्य अनुसार कार्यान्वयन हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति समेत न्यून रहेको बताए ।

Facebook Comments Box
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
९ घण्टा अगाडि

1.7kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…

TOP
Shares