

थारु क्लस्टरलाई सम्बोधन गर्ने कानुन नबन्दा रोकियो लोक सेवाका विज्ञापन
काठमाडौं । सहसचिव र उपसचिवको विज्ञापन वार्षिक कार्यतालिका अनुसार बुधबार प्रकाशन गर्नुपर्ने थियो। तर, लोक सेवा आयोगले सूचना निकालेर नै ‘विशेष कारण’ भन्दै प्रकाशन नगरेको जानकारी गरायो। आयोगले कारण नखुलाए पनि थारु क्लस्टरलाई सम्बोधन गर्ने कानुन नबन्दा लोक सेवा आयोगले विज्ञापन प्रकाशन रोकेको हो। सर्वोच्च अदालतले थारुलाई छुट्टै क्लस्टर बनाउनुपर्ने आदेश दिएपछि यस्तो समस्या आएको छ। सो विषयलाई सम्बोधन गर्ने कानुन नबनेको कारण सहसचिव र उपसचिवको विज्ञापन वार्षिक कार्यतालिका अनुसार प्रकाशन भएन। कहिले हुन्छ अब टुंगो पनि छैन। पछिल्लो समय राजपत्रांकित प्रथम श्रेणी ९प्राविधिक र अप्राविधिक० तथा अधिकृत प्रथम, राजपत्रांकित द्वितीय श्रेणी ९प्राविधिक र अप्राविधिक० तथा अधिकृत द्वितीयका सबै विज्ञापन रोकिएका छन्।वार्षिक कार्यतालिका अनुसार खुला, बढुवा, आन्तरिक प्रतिस्पर्धा सबै किसिमका विज्ञापन भएनन्। २०८० असोज २३ को आयोगका निर्णयअनुसार २०८० असोज २४ मा प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणले प्रकाशन नभएको भन्दै सूचना नै जारी गरेको छ।‘आयोगको वार्षिक कार्यतालिका २०८०/८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको व्यहोरा आयोगको मिति २०८० असोज २३ को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ बुधबार जारी सूचनामा उल्लेख गरिएको छ।
आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले विशेष कारणवस विज्ञापन प्रकाशन नभएको भन्दै आफूलाई विस्तृत जानकारी नदिएको बताइन्। उनले आयोगको इतिहासमा यसरी कार्यतालिका प्रकाशन नरोकिएको बताएकी छन्। ‘योभन्दा अगाडि यसरी वार्षिक कार्यतालिका रोकिएको थिएन। यो नै पहिलोपटक हो,’ उनले भनिन्।
सर्वोच्च अदालतले थारुलाई छुट्टै क्लस्टर बनाउनुपर्ने आदेश र त्यो आदेशअनुसार संघीय निजामती सेवा ऐनका नआउनु लगायतका कारणले यो रोकिएको आयोग स्रोतले बताएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
समाज
थप सामाग्री-
धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ
-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
९ घण्टा अगाडि
1.7kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…





