

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना परेर ३ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना परेर ३ जनाको मृत्यु भएको छ । भक्तपुर, दाङ र झापामा भएका सवारी दुर्घटनामा परेर बिहीबार ३ जनाको मृत्यु भएको हो । भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोटमा बा.६९प ९१० नम्बरको स्कुटरको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–१ सल्लाघारी बस्ने ६८ वर्षीय भुलिमाया धुगुछुको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै दाङको राप्ती गाउँपालिका–१ भालुबाङ बजारस्थित सडकमा ना.७ ख ५९७१ नम्बरको बसले लु.९२ प ७५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका–४ जितपुर घर भएका २३ वर्षीय विजय खनाल रहेका छन् ।ठक्करबाट गम्भीर घाइते भएका उनको प्रस्तावित भालुबाङ अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, झापाको बिर्तामोड नगरपालिका–१ कन्चनजङ्गा अस्पताल अगाडि सडकमा ना ४ ख २०८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा कालिन्चोक गाउँपालिका–५ बस्ने ५१ वर्षीय देवी माया थामी रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
समाज
थप सामाग्री-
धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ
-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
९ घण्टा अगाडि
1.7kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…





