

पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति
मुस्ताङ । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् । मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ को ठिनीको थकाली सामुुदायिक होमस्टेका सञ्चालक जुमा थकालीले बताइन् । “पृथक भूगोल, मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ”, उनले भनिन्, “भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुङ, तिजी, फागुुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न र बसाई लम्बाउन सहयोग मिलेको छ ।”ठिनी नजिकै रहेको घरपझोङ गाउँपालिका–५ हुुसरकाङ डाँडास्थित कुुछप तेरङ्गा गुम्बामा शुुक्रबार सकिएको लामा नाच ९धेक्याप० अवलोकन गर्न स्थानीयवासीका साथै स्वदेशी र विदेशी पर्यटकको पनि बाक्लो उपस्थिति रहेको थियो ।
कुछप तेरङ्गा गुम्बा संरक्षण समितिका अध्यक्ष कुलबहादुर थकालीले लामा नाच अवलोकन गर्न स्थानीयवासीकै हाराहारीमा स्वदेशी, विदेशी पर्यटक र तीर्थयात्री आएका बताए । “पहिले पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुुन्थे”, उनले भने “पछिल्लो केही वर्षयता परम्परागत नाच प्रर्दशनी अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ ।”
सडक यातायातको सुविधा, प्रचारप्रसार आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको थकालीको भनाई छ । मुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक लामा नाच हुने गर्छ । कुछप तेरङ्गा गुुम्बामा लामा नाच प्रर्दशनीका लागि असोज २३ गते मंगलबारदेखि पुजाआजा सुरु भएको थियो ।
लामाहरुले उवाको पिठो, घ्युु लगायत सामग्रीको प्रयोग गरेर बनाएको पुुजा सामग्रीलाई धार्मिक बिधि अनुसार गुम्बामा भित्र्याएर सुरु भएको नाचको बिधी ति सामग्रीहरु सेलाएपछि सकिएको गुुम्बाका लामा सुवास थकालीले बताए ।
“पद्यसम्भको पाला आठौ शताब्दीदेखि लामा नाच देखाउने चलन रहेको छ । देवताका विभिन्न रुपलाई लामा नाचमा प्रस्तुुत गरिन्छ,” उनले भने “लामा नाच अवलोकन गरेमा पुुण्य प्राप्त हुुनुका साथै ग्रह दशा हट्ने र जीवनमा सफलता मिल्छ । तेह्र सय वर्षदेखिको लामा नाचलाई बचाएर राखेका छौ ।”
वौद्ध धर्मगुुरु पद्यसम्भको जिवनसँग सम्बन्धित सन्देशमुुलक १३ प्रकारका नाच प्रर्दशन गरिएको थियो । हसन, टोपी बज्राचार्य, हयग्रीब, गुुरु पद्यम सम्भव, क्रोधी गुुरु र सिंहमुुखी, पञ्चदेवी, महाकाल, क्षेत्रपाल, महाराजा, जरायो, च्याहान दाता, दुुष्ट राजा र एक डाकुु शिर्षकको नाच प्रर्दशन गरिएको हो ।
लामा नाच अवलोकन गर्न आएका भारतको तामिलनादुुका रञ्जित झाले मुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिक सँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकोमा खुुसी व्यक्त गरे । अमेरिकी पर्यटक रेमिनले धेरै वर्ष पुरानो संस्कृति अझै जिवित देख्दा दंग परेको बताए। यसपालीको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीबासीहरुले आर्थिक सहयोग गरेका थिए । प्रवासीहरुको सहयोगमा ठिनीदेखि गुुम्बासम्म निशूूल्क बस, भक्तजनहरुलाई भोजन र खाजाको व्यवस्थापन गरिएको थियो ।
वौद्ध धर्ममा माइला छोरा लामा बस्ने चलन छ । ठिनीमा हाल २२ जना भन्दा बढी लामा छन् । ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामाहरु नृत्यका लागि गुुम्बामा आएका छन् । कुुछप तेरङ्गा गुुम्बाको धार्मिक र पर्यटकीय सम्भावना रहेको छ ।
पर्यटकीय गन्तब्यको रुपमा विकास भएको ढुुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङ लगायतका भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । रासस
समाज
थप सामाग्री-
धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ
-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
९ घण्टा अगाडि
1.7kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…





