कोटेश्वरमा बन्ने भयो ‘अन्डरपास’ र ‘फ्लाइओभर’

काठमाडौँ । कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास र फ्लाइओभर निर्माण हुने बताउँदै त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरेर सोको प्रतिवेदन सडक विभागलाई बुझाएको जानकारी दिइन् ।कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम समस्या समाधान उपायसहितको अध्ययन गर्न सरकारले जाइकालाई जिम्मेवारी दिएको थियो । भेहिकल अन्डरपास र फ्लाइओभर निर्माणसँगै काठमाडौँको ट्राफिक व्यवस्थापनको टाउको दुखाइका रूपमा रहेको सो ठाउँको समस्या स्थायी रूपमा समाधान हुने विश्वास गरिएको छ ।अहिले कोटेश्वर र जडीबुटी क्षेत्रमा कार्यालय समयअघि र पछि घन्टौँ ट्राफिक जाम हुने अवस्था छ । उनका अनुसार अन्डरपास र फ्लाइओभर निर्माण गर्न ऋण सम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको छ ।यसका लागि करिब २५ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । उनले भनिन्, “अध्ययन प्रतिवेदन अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण भागमुनि अन्डरपास र जडीबुटीदेखि कोटेश्वर चोक क्षेत्रमा फ्लाइओभर निर्माण हुने छ ।”

अध्ययन अनुसार अन्डरपासले विमानस्थलको धावनमार्गतर्फको भाग छुने छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको जग्गामा अन्डरपास निर्माण तयार भए पनि केही सर्त राखेको महाशाखाको भनाइ छ ।

अध्ययन अनुसार अन्डरपास र फ्लाइओभर निर्माणपछि चक्रपथ–कोटेश्वर चोक हुँदै ललितपुर जाने र भक्तपुरबाट कोटेश्वर हुँदै तीनकुनेतर्फ जाने सवारीसाधनलाई अवरोध नहुने भएकाले सो क्षेत्रमा जाम नहुने विश्वास गरिएको सिडिई प्रजापतिले बताइन् ।सरकारले आर्थिक वर्ष २०७४र७५ को नीति तथा कार्यक्रममै कोटेश्वर–जडीबुटी क्षेत्रको जाम हटाउनेबारे ठोस परियोजना अगाडि बढाउने घोषणा गरे पनि अहिलेसम्म त्यसले मूर्त रूप लिन सकेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
१४ घण्टा अगाडि

1.1kViews 379 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)…

TOP
Shares