अधिक भार बोक्ने १२ वटा टिपर प्रहरी नियन्त्रणमा

काभ्रे । अधिक भार बोक्ने १२ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोकिएको मात्राभन्दा बढी लोड गरेर ल्याइएको १२ वटा टिपरलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सवारी जाँच गर्ने क्रममा तोकिएको मात्राभन्दा बढी सामान लोड गरेर ल्याइएको ८० वटा टिपरबाट सामान कटिङ गरिनुको साथै कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, पाँचखालमा मंगलबार राति प्रहरीले सवारी जाँच गर्दैगर्दा प्रहरीलाई छली भागेका १२ वटा टिपरलाई धुलिखेलबाट नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिइएको टिपरबाट सामान कटिङ गरिनुको साथै ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Facebook Comments Box
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
१४ घण्टा अगाडि

1.1kViews 379 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)…

TOP
Shares