

जुवाखालबाट असई पक्राउ
काठमाडौं । धुलिखेलमा शुक्रबार जुवाखालबाट पक्राउ पर्नेमा प्रहरीकै कर्मचारी समेत भएको खुलेको छ। असई भिमसेन आचार्य अन्य १२ जना जुवाडेसँगै समातिएका हुन्।
धुलिखेल ४ स्थित यूनिक भोजनालयमा छापा हानी प्रहरीले ४ लाख ४२ हजार नगदसहित १३ जनालाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जुवामा असई पनि पक्राउ परेको पुष्टि गरे । तर आफू खाजा खान जाने क्रममा हुलमुलमा परेर समातिएको उनले बताएका छन् ।बनेपा बस्ने असई आचार्य मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत छन् । उनी पहिलेदेखि नै जुवा खेल्दै आएको प्रहरी अधिकारी बताउँछन् ।
समाज
थप सामाग्री-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
१४ घण्टा अगाडि
1.1kViews 379 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)…



