यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Facebook Comments Box
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
१ दिन अगाडि

1.6kViews 208 Shares Share on Facebook Share on Twitter ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…

TOP
Shares