साहसी एवम् निडर पत्रकारीताबाट जनरक्षाका प्रधानसम्पादक काफ्ले सम्मानित

काठमाडौं । “दाङबोला ग्युई ठिम तामाङ” संघको आयोजनामा आज माघ २० गते शनिबार काठमाडौं स्थित बौद्धको जोरपाटीमा तामाङ समुदायको चाडपर्व  ल्होछारको शुभकामना तथा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना सम्पन्न भएको छ। उक्त कार्यक्रममा काभ्रे जिल्लामा  लामो समय देखि स्वतन्त्र  पत्रकारीता गर्दै आएका एक हुनोहार पत्रकार रामशरण काफ्लेलाई भव्य रुपमा सम्मान गरिएको छ।  काभ्रेपलाञ्चोक जिल्ला  चौरीदेउराली गाउँपालिका  वडा नं २ का रामशरण काफ्लेलाई निडर, साहसिक एवम् वरिष्ठ पत्रकारको रुपमा हामी स – धन्यवाद  दिन चाहन्छौं : मन्त्री  तिर्थलामा भन्छन  । माननीय लामा भन्छन ” काभ्रेपलान्चोक जिल्लाकै विकासका हितमा सोच्ने  पत्रकार काफ्ले ज्युले तामाङ धर्मकाकासाथै बौद्धधर्मका बारे कलम चलाई रहनु भएकाले उहाँलाई स-सम्मान  पत्रकारीता पुरस्कार दिईएको हो ।”

गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आज  माघ २० गते शनिबार दिउँसो १ बजे नयाँबस्तीस्थित होटल सनिुु लोल्छारको अवसरमा शुभकामना तथा बृहत सांस्कृतिक कार्यक्रम भईरहेको संघका अध्यक्ष निक्मार तामाङले जानकारी दिएका छन भने सो कार्यक्रममा जनमानसको उल्लेख उपस्थिति समेत रहेको बताइन्छ ।आजको उक्त कार्यक्रममा  बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाका साथै  काभ्रेका विशिस्ठ व्यक्तिहरुको उपस्थिति समेत रहेको थियोे ।विगतका वर्षहरूमा गर्दै आएको साँस्कृतिक कार्यक्रमलाई यस वर्ष पनि ल्होछारक‍ो शुभकामना तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो । हिमालयन महायानी बौद्धधर्मावलम्बीहरूको महान तिथि छ्युटुल ,दुईचेन तथा ल्होछारको अवसरमा “हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको कार्यक्रममा उपस्थिति हुन सम्पूर्णमा आग्रह गरिएको छ ।        यसरी ल्होछार पर्व मनाउदाँ सबै जातजातीहरुको संस्कार संस्कृतिको संरक्षण तथा प्रबद्र्धन हुने भएकाले यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । पर्यटनको प्रवर्द्धन, स्थानीय तामाङ संस्कार संस्कृति, भाषा, भेषभुषा र कलाको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष तामाङले बताएका छन्।समाजसेवी टेकराज तामाङ र नृत्यकार करिना तामाङले संचालन गर्ने कार्यक्रममा अतिथि कलाकार सुनिला तामाङ, वरिष्ठ गायक विजय लामा, वरिष्ठ गायिका मिना लामा, चलचित्रकार आशमान तामाङ, गायिका मिनाश्री लुंगेली मगर, जुवारी गायीका सुनिता बल, पोङ्दिला च्याङ्बा,मेन्दोमाया गायक रोशन फ्यूबा तामाङ, सेलो गायिका लक्ष्मी तामाङ, सेलो गायक देवलाल मोक्तान, बिसाल योञ्जन, दोहोरी गायिका सरिता लामा, गायक सागर गुरुङ, निश्चल योञ्जन, गायिका कमला थापा, प्रमिला मोक्तान, मोडल मञ्जिरा घलेले कार्यक्रममा मनोरन्जन दिएकाथिए ।

Facebook Comments Box
TOP
231 Shares