सचिवहरूको अदलीबदली : गृहमा अर्याल

काठमाडौं । गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रमुख फेरिएका छन् । नेपाली कांग्रेससहितको गठबन्धन हुँदा नियुक्त भएका गण्डकीका पृथ्वीमान गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई हटाइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेश प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई नियुक्त गरेको छ । एमाले–माओवादी गठबन्धन बनेको एक साता नबित्दै प्रदेश प्रमुख फेरिएका हुन् ।

झापाकी सुमित्रा भण्डारी एमालेका नेता डा. राजन भट्टराईकी सासु हुन् । उनलाई केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा डेनमार्कको राजदूतमा सिफारिस गरिए पनि अर्को सरकार आएपछि उनी नियुक्त हुन सकिनन् ।

अर्घाखाँचीका नजिर मियाँ नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य हुन् । मिया एमालेको भातृसंस्था नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्षसमेत हुन् ।

यसैगरी डोटीका डिल्लीराज भट्ट एमालेका सल्लाहकार हुन् । भट्ट राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर पराजीत भएका थिए ।

त्यसैगरी गृहमन्त्रालयको सचिवमा एकनारायण अर्याललाई सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा पठाएर अर्याललाई गृहमा सरुवा गरेको हो ।

यसअघि अर्याल प्रधानमन्त्री कार्यालयमा थिए । अर्याल गृह प्रशासन बुझेका कर्मचारीको रूपमा चिनिन्छन् । अर्याल काठमाडौं लगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका कुशलतापूर्वक निर्वाह गरेका प्रशासक हुन् ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
127 Shares