

बाबुराम आचार्य जस्ताबिद्वानहरुको योगदानको कदरका लागि सरकार कुनै कसर बाँकी राख्दैनः साँस्कृति मन्त्री तामाङ, विद्वान भन्छन्, ‘राष्ट्रिय बिभूति घोषाणा गर्नुस्’
३० फागुन, काठमाडौं । साँंस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्री हित बहादुर तामाङले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान धेरै नै भएको बताएका छन् ।
नेपालको अलिखित इतिहास सही रुपमा लेख्नेलगायतका महत्वपूर्ण कार्य उहाँले गरेको भन्दै उहाँ जस्ता राष्ट्रका होनाहार ब्यक्तीत्वहरुको योगदानको कदर गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजीत बाबुराम आचार्यः जीवनी र व्यक्तित्व बिषयक विचार गोष्ठीमा बोल्दै शिरोमणि स्व.आचार्यले सगरमाथाको नाम राखेकोलगायतका बिषयमा बोल्दै मन्त्रालयले आवश्यक्ता परेमा सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले आफु भर्खरमात्र मन्त्री भएकाले अझै धेरै मन्त्रालयको बिषयमा बुझ्न बाँकी नै रहेको भन्दै नेपालका होनाहार ब्यक्तीत्व इतिहासशिरोमाणि आचार्य जस्ता धरोहरको सम्मानमा सरकारले सधै अग्रसरा देखाउनेमा ढुक्क हुनसमेत भनेका छन् । हक्की बिद्वान बाबुराम आचार्य जीता विद्वानहरुको कदर गर्नु सरकारको कर्तब्य हुने उनको भनाई थियो । १३७ औं जन्मजयन्ती कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका मन्त्री तामाङले तस्विरमा माला लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
नेपाल एकेडेमीका सदस्यसचिव डा धनप्रसाद सुबेदीले इतिहाश शिरोमणि बाबुराम आचार्य इतिहासको क्षेत्रमा धरोहर भएको बताउँदै बिगतदेखी नै प्रज्ञा प्रतिष्ठान उहाँको योगदानको कदर गर्न लागि पर्दै इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँग सहकार्य गरि अगाडी बढेको बताए । उनले आचार्यका अप्रकाशित कृति छन् भन्ने कुरा सुनिएकोले यदि कुनै अप्रकाशित कृति भए नेपाल एकेडेमीले प्रकाशन गर्ने बताए ।
कार्यक्रममा साँस्कृतिबिद डा गोबिन्द टण्डनले इतिहासशिरोमणि बाबुराम आचार्यलाई राट्रिय बिभूति घोषणा गर्न एकदिन पनि ढिला गर्न नहुनेमा जोड दिए । यसैगरी प्रतिष्ठानका उपाध्यक्ष प्रा डा सुरेन्द्र केसीले प्रतिष्ठानको पहलमा साँस्कृति मन्त्रालयमार्फत पुरस्कार रासी दिन थालिएको स्मरण गर्दै सरकारले बिशेष रुपमा चासो दिई देशलाई योगदान गर्ने ब्यक्तीत्वलाई सम्मान गर्न पछि पर्न नहुने बताए ।
समाजका महासचिव बाबुराम आचार्यले ईतिहाशसिरोमणि बाबुराम आचार्यको योगदानको कदर गर्न यसैगरी सहकार्य गरेर अगाडी बढिरहिएको र सरकारले पनि चासो देखाएको अवस्थामा भूकम्प र कोरोनाका कारण भनेजति काम गर्न नसकिएको भएपनि काम भने भएको र अझै नेपाल एकेडेमी, साँस्कृति मन्त्रालय तथा सरोकारवाला ब्यक्ती तथा संस्थासँग सहकार्य गरेर आगामी दिनमा प्रभावकारी कामहरु गरिने बताए ।
प्रतिष्ठानका अध्यक्ष प्रा. डा. त्रिरत्न मानन्धरले इतिहाशसिरोमणि बाबुराम आचार्यले राखेको सगरमाथाको मानलाई माउण्ट एभ्रेष्ट राखिएकोमा आपत्ती जनाउँदै सगरमाथा नै भनेर सरकारले प्रचार गर्नुपर्नेमा यसो नभएको बताए । उनले उनले लेखेका कतिपय कृतिमा स्रोत नखुलाएको भन्ने आरोप लागेपनि त्यसबेलाको समयमा अनुसंधान गर्दा स्रोत लेख्ने चलन नभएको हुँदा उहाँले लेखेको कृति सही भएको बताए ।
कार्यक्रममा सामाजीक शास्त्र बिभाग प्रमुख डा कौशिला रिसालले स्वागत गरेकी थिईन् भने सन्ध्या पहाडीले कार्यक्रम संचालन गरेकी थिईन् ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



