बाढीले जेठमै बगायो ३५ सय रोपनी खेत

काठमाडौं ।पालुङटार–९ का चक्रबहादुर लामाको साठीमुरे खेत तीन वर्षअघि साउन ५ गते चुक्ती खोलाको बाढीले बगर बनायो।​ हिउँदभरि मोहियाहरू(सँधियार) मिलेर अमिन झिकाई खोलाघर छुट्ट्याए। मोहियाको साँधसीमा छुट्याए। एस्काभेटर लगाई खोलालाई आफ्नै बाटोमा लगाए। तारजाली लगाएर छेकबार गरे।

यति गर्दा १ लाख रुपैयाँ खर्च भयो। मेसिन लगाएर जग्गा सम्याए र रोपाइँ गरे। रोपाइँकै राति अर्थात् गत असार १६ गते घनघोर वर्षा भयो।

खेत फेरि बगर पल्ट्यो। फेरि हिउँदभर बगरलाई खेत बनाए। रोपाइँको तयारी थियो। तर, यसपटक पनि जेठ २७ गतेको बाढीले खेत फेरि बगर बन्यो। खोलाले लगातार तीन वर्ष दुःख दिएपछि निराश छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares