

नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा जनकलाल चौधरी हाजिर
बाँके, ७ चैत्र । नरैनापुर गाँउपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई स्वागत गरिएको छ । बुधवार गाउँपालिकाको सभाहलमा भएको स्वागत सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवले नेपाली ढाका टोपी र फुल माला लगाएर स्वागत गरेका हुन् ।
थारुको गत फाल्गुन २७ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो ।
यता नरैनापुरमा आएका चौधरी यस अघि डोटीको आर्दश गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै रुपमा कार्यरत थिए ।
नरैनापुर गाँउपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवस्तव, वडाध्यक्ष मसूद अहमद शाह, मनोज शर्मा, वडा सदस्यहरु र कार्यालयका कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत चौधरीलाई स्वागत गरेका थिए ।
उपाध्यक्ष श्रीवास्तवले भेदभाव रहित गाउँपालिका निर्माण गरि कर्मचारी खटाउँन आग्रह गरिन । नरैनापुरलाई राम्रो नरैनापुर बनाउन अधिकृतको भुमिका मुख्य रहने भएकाले यसलाई मनन गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।
गाउँपालिकामा हाजीर हुदै प्रमुख प्रशासकीय अधिकृत चौधरीले गाउँपालिकाको बसाई अवधीभर गाउँपालिकाको विकास,समृद्धि र सुशासनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । उनले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर केही गर्न नसक्ने भन्दै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारी सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने सबैको योगदान र त्याग बाट गाउँपालिकाले लिएको लक्ष्यमा पुग्न सक्ने भएकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी छ । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको दैलेखको डुङ्गेश्वर गाँउपालिकामा सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको थियो ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



